मङ्गलबार, १० कात्तिक २०८३
नेपाली

देउवा–खड्का पक्षको शक्ति प्रदर्शन तयारी, राष्ट्रिय सभा निर्वाचनपछि कांग्रेसको राष्ट्रिय भेला

Main News Image

काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष फेरि सतहमा देखिने भएको छ । पार्टीका पूर्व सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंह खड्का निकट समूहले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएलगत्तै राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको छ ।

विशेष महाधिवेशनमार्फत गगन थापा कांग्रेस सभापतिमा निर्वाचित भइसकेपछि र निर्वाचन आयोगले त्यसलाई औपचारिक मान्यता दिएपछि पार्टी नेतृत्वबाट बाहिरिएको तत्कालीन संस्थापन पक्षले अब अलग्गै राजनीतिक गतिविधि तीव्र बनाएको हो । गगन थापाकै निर्णयअनुसार पार्टी निर्वाचन प्रक्रिया अघि बढेपछि असन्तुष्ट बनेको यो समूह भेलामार्फत आफ्ना धारणा सार्वजनिक गर्ने तयारीमा जुटेको छ ।

आयोजनाको तयारी भइरहेको राष्ट्रिय भेलामा पार्टीका वर्तमान तथा पूर्व पदाधिकारी, केन्द्रीय सदस्य, पूर्व राष्ट्रिय सभा तथा प्रतिनिधि सभा सदस्य, महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिको सहभागिता रहने बताइएको छ। भेलाबाट पार्टीको आगामी दिशा र रणनीतिसम्बन्धी केही महत्वपूर्ण निर्णयसमेत लिने तयारी रहेको स्रोतले जनाएको छ।

देउवा–खड्का पक्षले कांग्रेसको नीति, सिद्धान्त र ऐतिहासिक आदर्शलाई आधार मानेर अघि बढ्नुपर्नेमा जोड दिँदै हालको नेतृत्व एकल निर्णयतर्फ उन्मुख भएको आरोप लगाएको छ। पार्टी सभापति निरंकुश बन्दै जान खोजेको दाबी गर्दै नेतृत्वलाई ‘सन्तुलन र नियन्त्रण’मा राख्न राष्ट्रिय भेला आवश्यक भएको उनीहरूको भनाइ छ।

यस घटनाक्रमसँगै नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद पुनः चर्किने संकेत देखिएको छ।

mediabaaji add

सम्बन्धित खबर

निर्वाचनमा भ्रामक विज्ञापन र डीपफेक प्रयोग नगर्न विज्ञापन बोर्डको आग्रह

काठमाडौँ । प्रतिनिधि सभा सदस्य पदका लागि यही फागुन २१ गते हुन गइरहेको निर्वाचनलाई स्वच्छ, मर्यादित र विश्वसनीय बनाउन सबै राजनीतिक दल, उम्मेदवार तथा समर्थकहरूको साझा दायित्व रहेको विज्ञापन बोर्डले जनाएको छ ।

बोर्डले बिहीबार जारी गरेको प्रेस व...

माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीसहित विभिन्न दश वामपन्थी पार्टीबीच एकता घोषणा भएको छ । भृकुटीमण्डपमा आज आयोजित विशेष समारोहमा माओवादी केन्द्र, एकीकृत समाजवादी...

श्रम संस्कृति पार्टीले छान्यो समानुपातिक ४ सांसद

धरान । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभाको समानुपातिकतर्फका चार सांसदको नाम टुंगो लगाएको छ । धरानमा आज बसेको पार्टीको बैठकले समानुपातिक प्रणालीअन्तर्गत चयन गरिने सांसदहरूको नाम तय गरी निर्वाचन आयोगमा सिफारिस गरेको हो । पार्टी अध्यक्ष हर्क साम्पा...

मतदानको समय फेरियो : एमाले नयाँ नेतृत्व चयनका लागि ४ बजेदेखि मात्रै भोटिङ

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा हुने भनिएको मतदानको समय परिवर्तन गरिएको छ । एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार मंगलबार दिउँसोका लागि तय गरिएको मतदानको समय सारेर दिउँसो ४...

सर्वोच्चद्वारा भूमि आयोग खारेज गर्ने सरकारको निर्णय बदर

काठमाडौँ । सर्वोच्च अदालतले भूमि आयोग र यसका जिल्ला कार्यालय खारेजी गर्ने सरकारको निर्णय बदर गरेको छ । सोमबार सर्वोच्चका न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले निर्णय विरूद्धको निवेदनमा रिट जार...

प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ। संसद् सचिवालयका अनुसार बैठक बुधबार बिहान ११ बजेका लागि तय गरिएको हो । आजको बैठकमा विभिन्न वार्षिक प्रतिवेदनहरू पेस गर्ने र नयाँ विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

<...