देउवा–खड्का पक्षको शक्ति प्रदर्शन तयारी, राष्ट्रिय सभा निर्वाचनपछि कांग्रेसको राष्ट्रिय भेला
काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष फेरि सतहमा देखिने भएको छ । पार्टीका पूर्व सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंह खड्का निकट समूहले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएलगत्तै राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको छ ।
विशेष महाधिवेशनमार्फत गगन थापा कांग्रेस सभापतिमा निर्वाचित भइसकेपछि र निर्वाचन आयोगले त्यसलाई औपचारिक मान्यता दिएपछि पार्टी नेतृत्वबाट बाहिरिएको तत्कालीन संस्थापन पक्षले अब अलग्गै राजनीतिक गतिविधि तीव्र बनाएको हो । गगन थापाकै निर्णयअनुसार पार्टी निर्वाचन प्रक्रिया अघि बढेपछि असन्तुष्ट बनेको यो समूह भेलामार्फत आफ्ना धारणा सार्वजनिक गर्ने तयारीमा जुटेको छ ।
आयोजनाको तयारी भइरहेको राष्ट्रिय भेलामा पार्टीका वर्तमान तथा पूर्व पदाधिकारी, केन्द्रीय सदस्य, पूर्व राष्ट्रिय सभा तथा प्रतिनिधि सभा सदस्य, महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिको सहभागिता रहने बताइएको छ। भेलाबाट पार्टीको आगामी दिशा र रणनीतिसम्बन्धी केही महत्वपूर्ण निर्णयसमेत लिने तयारी रहेको स्रोतले जनाएको छ।
देउवा–खड्का पक्षले कांग्रेसको नीति, सिद्धान्त र ऐतिहासिक आदर्शलाई आधार मानेर अघि बढ्नुपर्नेमा जोड दिँदै हालको नेतृत्व एकल निर्णयतर्फ उन्मुख भएको आरोप लगाएको छ। पार्टी सभापति निरंकुश बन्दै जान खोजेको दाबी गर्दै नेतृत्वलाई ‘सन्तुलन र नियन्त्रण’मा राख्न राष्ट्रिय भेला आवश्यक भएको उनीहरूको भनाइ छ।
यस घटनाक्रमसँगै नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद पुनः चर्किने संकेत देखिएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
तोकिएको समयमा नै निर्वाचन सम्पन्न गराउन नेपाली कम्युनिष्ट पार्टीको अपील
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक र देशभक्त शक्तिहरुसँग तोकिएको समयमा नै निर्वाचन सम्पन्न गराउन विशेष अपील गरेको छ । शनिबार नेपाली कम्युनिष्ट पार्टीले एक अपील पत्र जारी गर्दै निर्वाच...
पूर्वप्रधान न्यायाधीश जबरालाई पक्राउ गरिएको घटनामा बोल्यो सर्वोच्च अदालत
काठमाडौँ। सर्वोच्च अदालतले पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मध्यरातमा घरबाट नियन्त्रणमा लिई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा करिब १० घण्टा राखिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सर्वोच्च अदालतको आकस...
गगन नेतृत्वको कांग्रेसले समानुपातिक सूची संशोधन गर्ने
काठमाडौँ । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले पार्टीलाई निर्वाचन आयोगमा अद्यावधिक गराउने निर्णय गरेको छ । बिहीबार ललितपुरमा बसेको पहिलो केन्द्रीय समिति बैठकले विशेष महाधिवशेनले गरेका निर्णयलगाएत बिषयमा निर्वाचन आयोगमा अद्य...
आजदेखि राप्रपाको केन्द्रीय समिति बैठक बस्दै
काठमाण्डौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय समिति बैठक आजदेखि काठमाडौँमा सुरु हुँदैछ । बिहान साढे ११ बजेदेखि सुरु हुने बैठक दुई दिनसम्म सञ्चालन हुने पार्टीले जनाएको छ । बैठकमा पार्टीको संगठनात्मक अवस्था, आगामी कार्यक्रम तथा महाधि...
रास्वपाको विस्तारित बैठक : घोषित मितिमा निर्वाचन गर्न जोड
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको दुईदिने विस्तारित बैठक शनिबार राति सौराहामा सम्पन्न भएको छ । बैठकले आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने आधार तयारी...
जेनजी प्रदर्शनमा बल प्रयोग : बयानका लागि तत्कालीन गृहमन्त्री लेखकलाई पत्राचार
काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाएको छ । प्रशासनिक र सुरक्षा नेतृत्वसँग बयान सकिएपछि आयोगले राजनीतिक तहको बयान प्रक्रिया सुरु गरेको हो । आयोगका प्रवक्ता विज्ञानर...



