अर्थतन्त्र सुधारका लागि कांग्रेस महामन्त्री पौडेलका १५ बुँदे प्रस्ताव
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अर्थतन्त्र सुधारसम्बन्धी १५ बुँदे धारणा सार्वजनिक गरेका छन् । कांग्रेसले अब नारामा सीमित नहुने र आर्थिक रूपान्तरणलाई नतिजामा लैजाने गरी ‘अपरेटिङ सिस्टम’ नै परिवर्तन गर्नुपर्ने उनको भनाइ छ ।
उनले भिडिओ वक्तव्यमार्फत सार्वजनिक धारणा प्रस्तुत गर्दै हालको वितरणमुखी र परनिर्भर आर्थिक संरचनाले दिगो विकास सम्भव नहुने बताएका छन् । उनका अनुसार उत्पादन, आत्मनिर्भरता र बचतलाई केन्द्रमा राखेर अर्थतन्त्रको दिशानिर्देश पुनः निर्धारण गर्नुपर्ने अवस्था आएको छ ।
उनले श्रम र पसिनाको निर्यातमा सीमित अर्थतन्त्रलाई ज्ञान, सीप र बौद्धिक पुँजीको निर्याततर्फ रूपान्तरण गर्नुपर्ने उल्लेख गरेका छन् । प्रविधिको अधिकतम प्रयोग गर्दै साना उद्यमी, युवा तथा दुर्गम क्षेत्रका प्रतिभालाई अन्तर्राष्ट्रिय बजारसँग प्रत्यक्ष जोड्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए ।
महामन्त्री पौडेलले शिक्षा, बैङ्किङ प्रणाली, कानुनी संरचना र परराष्ट्र नीतिलाई एउटै आर्थिक इकोसिस्टमभित्र समन्वय गर्नुपर्ने बताएका छन्। विश्वविद्यालयलाई केवल शैक्षिक संस्था नभई ‘अनुसन्धान र आविष्कार केन्द्र’को रूपमा विकास गर्नुपर्ने उनको धारणा छ ।
नेपालको आर्थिक गतिमा कानुनी जटिलता प्रमुख बाधक बनेको उल्लेख गर्दै उनले दोस्रो चरणको आर्थिक सुधार आवश्यक रहेको बताएका छन्। विकास र लगानी अवरुद्ध गर्ने झन्झटिला कानुनलाई सर्वोच्च छाता ऐनमार्फत प्रतिस्थापन गर्नुपर्ने उनको तर्क छ ।
एक्सप्रेस
सम्बन्धित खबर
दमकमा ‘राष्ट्रिय परिवर्तन पार्टी’को औपचारिक घोषण गरिँदै
काठमाडौँ । जेनजी आन्दोलनका घाइते, शहीद परिवार र युवा पुस्ता मिलेर निर्माण भएको ‘राष्ट्रिय परिवर्तन पार्टी’को आज औपचारिक घोषण सभा गरिँदैछ । घोषणा सभा दमकको आदिवासी रङ्गशालामा हुन लागेको राष्ट्रिय परिवर्तन पा...
रेशमको उम्मेदवारी खारेजीको विरुद्धको रिट ‘हेर्न नभ्याइने’मा
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नाउपा नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवार खारेजी विरुद्धको रिट सर्वोच्च अदालतमा हेर्न नभ्याइनेमा परेको छ ।
चौधरीले माघ ६ गते कैलाली १ बाट प्रतिनिधि सभा चुनावमा उम्मेदवारी दिएका थिए । तर, टीकापुर घटनामा द...
रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी, नेपाल निर्वाचन आयोगमा दर्ता
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी, नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ। रेशमलाल चौधरीले चुनाव चिह्न जाँतो राखेर नयाँ दल दर्ता गराएका हुन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार योसँगै आयोगमा दर्ता भएका राजनीति...



