अर्थतन्त्र सुधारका लागि कांग्रेस महामन्त्री पौडेलका १५ बुँदे प्रस्ताव
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अर्थतन्त्र सुधारसम्बन्धी १५ बुँदे धारणा सार्वजनिक गरेका छन् । कांग्रेसले अब नारामा सीमित नहुने र आर्थिक रूपान्तरणलाई नतिजामा लैजाने गरी ‘अपरेटिङ सिस्टम’ नै परिवर्तन गर्नुपर्ने उनको भनाइ छ ।
उनले भिडिओ वक्तव्यमार्फत सार्वजनिक धारणा प्रस्तुत गर्दै हालको वितरणमुखी र परनिर्भर आर्थिक संरचनाले दिगो विकास सम्भव नहुने बताएका छन् । उनका अनुसार उत्पादन, आत्मनिर्भरता र बचतलाई केन्द्रमा राखेर अर्थतन्त्रको दिशानिर्देश पुनः निर्धारण गर्नुपर्ने अवस्था आएको छ ।
उनले श्रम र पसिनाको निर्यातमा सीमित अर्थतन्त्रलाई ज्ञान, सीप र बौद्धिक पुँजीको निर्याततर्फ रूपान्तरण गर्नुपर्ने उल्लेख गरेका छन् । प्रविधिको अधिकतम प्रयोग गर्दै साना उद्यमी, युवा तथा दुर्गम क्षेत्रका प्रतिभालाई अन्तर्राष्ट्रिय बजारसँग प्रत्यक्ष जोड्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए ।
महामन्त्री पौडेलले शिक्षा, बैङ्किङ प्रणाली, कानुनी संरचना र परराष्ट्र नीतिलाई एउटै आर्थिक इकोसिस्टमभित्र समन्वय गर्नुपर्ने बताएका छन्। विश्वविद्यालयलाई केवल शैक्षिक संस्था नभई ‘अनुसन्धान र आविष्कार केन्द्र’को रूपमा विकास गर्नुपर्ने उनको धारणा छ ।
नेपालको आर्थिक गतिमा कानुनी जटिलता प्रमुख बाधक बनेको उल्लेख गर्दै उनले दोस्रो चरणको आर्थिक सुधार आवश्यक रहेको बताएका छन्। विकास र लगानी अवरुद्ध गर्ने झन्झटिला कानुनलाई सर्वोच्च छाता ऐनमार्फत प्रतिस्थापन गर्नुपर्ने उनको तर्क छ ।
एक्सप्रेस
सम्बन्धित खबर
राजनीतिक गतिविधि तीव्र बनाउने रास्वपाको निर्णय
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आगामी निर्वाचनलाई लक्षित गरेर आफ्नो राजनीतिक गतिविधि तीव्र बनाउने निर्णय गरेको छ । आइतबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकपछि नेता गणेश पराजुलीले रास्वपा लोकतान्त्रिक...
कांग्रेस विशेष महाधिवेशन रोक्ने खड्काको अन्तिम योजना
काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा विशेष महाधिवेशन हुने परिस्थिति सिर्जना हुन नदिने बताएका छन् । शुक्रबार बिहान कांग्रेसभित्रका संस्थापन समूहका २५ केन्द्रीय सदस्यसँग भएको भेटमा ख...
चार महिनामै परिवर्तन खोज्नु हुँदैन : महामन्त्री आचार्य
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले मुलुकमा लामो समयदेखि थुप्रिएको बेथिति अन्त्य गर्दै दिगो परिवर्तनका लागि सरकारलाई समय र नागरिकको निरन्तर साथ आवश्यक रहेको बताएका छन् ।
रास्वपा रुपन्देहीले आज भैरह...
मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त
काठमाडौँ । मधेश प्रदेश सभाका ५ जना सदस्य पदमुक्त भएका छन् । प्रदेश सभामा लगातार १० वटा बैठकमा अनुपस्थित रहेको भन्दै सभामुख रामचन्द्र मण्डलले ५ जनालाई प्रदेश सभा सदस्यबाट पद मुक्त गरेका हुन् ।
प्रदेशमा चाँडै सरकार बनाउन ओली र प्रचण्डको निर्देशन, भट्टलाई नै मुख्यमन्त्री बनाउने सहमति
कैलाली । नयाँ सत्ता समीकरणअनुसार सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि प्रचण्ड र ओलीको निर्देशनपछि नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाको आन्तरिक गृहकार्यमा सहमति जुटेको छ । केन्द्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा सं...
उज्यालो नेपाल पार्टीमा देशभर समर्थन बढेको कुलमानको दाबी
काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीले छोटो समयमै देशभर जनताको माया, विश्वास र सद्भाव प्राप्त गरेको बताएका छन् । शनिबार रामेछापमा आयोजित अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले पार्टी स्थापन...



