सर्वसाधारण र व्यापारीमा छैन नयाँ वर्षको उत्साह, महँगी र मन्दीको चिन्ता !
रुषा थापा_________
भक्तपुर । नयाँ वर्ष शुरु भइसकेको छ । तर, आम नागरिकमा नयाँ सालको उत्साहभन्दा पनि चिन्ता देखिन्छ । २०८३ सालमा झन् महँगी बढ्ने बजारमा व्यापक चर्चा छ । आम सर्वसाधारण भन्छन्–पछिल्लो एक महिनामै सयौं गुणा महँगी बढिसक्यो । अब झन् बढ्ने देखिँदैछ । उता, व्यापारीहरु पनि चिन्तित देखिन्छन् । बजारमा झन् आर्थिक मन्दी छाउने उनीहरुको अनुमान छ ।
वैदेशिक रोजगारीमा आफ्नो सन्तति, अभिभावक, आफन्तहरु रहेका पनि चिन्तामा छन् । यी सबैको एउटै कारण हो, इजरायल, अमेरिका र इरान युद्ध । डेढ महिनायता जारी युद्ध झन् लम्बिँदो छ । युद्ध अझै चर्किने देखिन्छ । युद्धको असर केबल तीन देशमा मात्र परेको छैन, विश्वका सबै मुलुकमा परिरहेको छ । तेलको खानी भएको इरानले इन्धन नै रोकिदिँदा अनि खाडीका डिपोसमेत ध्वस्त भएपछि संकट चुहिँदो छ ।
विश्वमै इन्धनको संकट सिर्जना भइसकेको छ । त्यसको असरबाट नेपाल पनि अछुत रहन सक्दैन । अहिले इन्धन त पाइरहेको छ । तर, मूल्य एकदमै आकासिँदो छ । जसका कारण हरेक वस्तुको मूल्यवृद्धि भएको छ । ५० रुपैयाँको सामान डेढ सय रुपैयाँ पुर्याइसकिएको छ । महँगी अझै बढ्ने निश्चित छ । तर, अब जनता बाँच्न सक्दैनन् ।
महिनाभरि काम गर्दा तलब आउँछ जम्मा पाँच हजारदेखि पन्ध्र हजार । अनि एक बोरा चामलमै तीन हजार परेपछि कसरी जीविकोपार्जन चलाउने ? फेरि चामलमात्र किनेर भएन, दाल, मरमसला, तरकारी पनि खानैपर्यो । तरकारीको भाउ झन् छोइनसक्नु छ । एक मुठ्ठा सागकै ५० रुपैयाँ असुलिन्छ । अरु तरकारी त झन् महँगो ।
काममा जान गाडी चढ्ने पर्यो । अहिले त सार्वजनिक यातायात चढ्नेबित्तिकै ४० रुपैयाँ असुलिन्छ । अलि परसम्म यात्रा गरेको ६०–७० रुपैयाँसम्म । कोठा भाडा पनि तिर्नैपर्यो । इन्धनको भाउ बढेसँगै घरधनीहरुले भाडा बढाउन थालेका छन् । पाँच हजारको अध्याँरो, सानो कोठालाई सात हजारसम्म पुर्याइएको छ । छोराछोरी पढाउनैपर्यो ।
स्कुलहरुले विभिन्न बहानामा जथाभावी शुल्क गर्नु त स्वभाविकै भइसक्यो । काम गरेपनि तलब पाइँदैन । कतिपय जनतालाई बिहानबेलुकाको छाक टार्न धौधौ परिरहेको अवस्थामा कोही भने चिल्ला गाडीमा सुकिलामुकिला भएर हिँडिरहेका छन् । तर, अब चिल्ला गाडी चढ्ने दिनको अन्त्य हुँदैछ । किनकि इन्धनबिना गाडी चल्दैन ।
नेपालमा सञ्चालित सवारीसाधनमध्ये ८०–८५ प्रतिशत इन्धनबाट चल्छन् । यी गाडी छिमेक भारत र चीनबाट ल्याइएको हो । एउटै गाडीमा अढाई लाखदेखि २४ करोडसम्म लगानी गरिएको पाइन्छ । तर, इन्धन नै नभएपछि त्यो करोडौंको गाडी के काम ? अर्को कुरा, विदेशीले खाद्यान्न नपठाए हामी नेपाली भोकभोकै मर्नुपर्ने अवस्था आउनसक्छ ।
पाँच दशकअघि खाद्यान्नमा आत्मनिर्भर अनि विदेशीलाई अन्न निर्यात गर्ने नेपाल अहिले किन यो हालतमा पुग्यो ? सरकारले खोजतलास गरेको पाइँदैन । यहाँ त खेतीयोग्य जमिन टुक्राटुक्रा पारेर घरलगायत संरचना ठड्याउने क्रम जारी छ । उब्जनीका निम्ति एकदमै योग्य मानिने काठमाडौं उपत्यकामा अहिले खाली जमिन भेटिनै मुस्किल छ । यसरी खेतीयोग्य जमिनमा संरचना बनाउँदा सरकार भने मौन छ ।
एकातर्फ सरकार कृषिको नारा लगाउँछ । नेपाललाई कृषिप्रधान मुलुक दाबी गरिन्छ । अर्कोतर्फ। खेतीयोग्य जमिन सबै मासिरहेको छ । यसले भविष्यमा ठूलो संकट पक्कै निम्त्याउने छ । किनकि खाद्यान्नमा आत्मनिर्भर नहुने देशको न अर्थतन्त्र मजबुत हुन्छ न रणनीति र कुटनीति । सधैं विदेशीसामु झुकिरहनुपर्छ । तर, नेपाल सरकारले यो कुरा कहिल्यै बुझ्ेन । सरकार खेतीयोग्य जमिन बचाउनुको साटो उल्टै कित्ताकाटका निम्ति स्वीकृति दिन्छ ।
अनि कसरी देश उभो लाग्छ ? जुन देशमा सरकारले दलाल र माफियाको हितमा काम गर्छ, त्यो देशमा राज्य न जनतालाई फाइदा हुन्छ । सरकार त माफियाको पछि लाग्यो नै जनता पनि लहैलहैमा लागे । पाँच हजार रोपनीको खेतीयोग्य जमिन मानिसहरुले आनाकै लाखौं–करोडौं रकम हालेर किनेका छन् । विशेषगरी उपत्यका र शहरी इलाकामा यत्रो मूल्यमा जग्गा किनियो । गाउँका आफ्ना सयौं रोपनी खेतीयोग्य जमिन बाँझो छोडिएको छ ।
अब हाँस्यास्पद कुरा चाँहि गाउँमा हजारौं रोपनी जग्गा, घर, मतान, गोठ भएकाहरु गरिब, शहरमा तीन आना जग्गामा घर बनाएकाहरु धनी । यसलाई के भन्ने ? जनतालाई कृषि कर्म गर्न लाज लाग्न थालेको छ । कृषकलाई समाजमा हेर्ने दृष्टि एकदम हेलित छ । तर, त्यही कृषकले उब्जाएको अन्नबाट हामी बाँचिरहेका छौं । अहिले त विदेशी कृषकले उब्जाएको अन्नबाट हामी नेपाली बाँचिरहेको अवस्था छ ।
विदेशीले विषादी हालेर उब्जनी गर्छन् । हामी भने त्यसलाई चर्को मूल्य तिरेर खान्छौं । नखाए भोकै बस्नुपर्यो । किनकि हाम्रो उत्पादन सबैलाई पुग्दो छैन । यसरी कृषिलाई हेलित गर्दाको लाभ विदेशीलाई भइरहेको छ । एकातिर उसले पैसा कमाइरहेको छ, अर्कोतिर नेपालीलाई रोगी बनाइरहेको छ । अनि त्यही खाद्यान्न नपठाए वा नखाए हामी भोकभोकै मर्नुपर्छ । बुढापाकाले भन्थे–बल होइन, बृद्धिको प्रयोग गर्नुपर्छ । तर, अहिले नेपालीहरुले यी दुवैको प्रयोग गरेको पाइँदैन ।
अहिले मानिसहरु लहैलहैमा लाग्छन् । अरुले जे भन्छन्, गर्छन् त्यही नै गर्छन् । उदाहरणका निम्ति एउटाले घर बनाई भाडामा लगाएर बसिबसि कमाएको देखेर अर्कोतिर पनि त्यही गर्छ । र, केही दशकयता भइरहेको पनि यही हो । घरजग्गा, गाडी र सेयर विलासित वस्तु हुन् भनेर कानूनमा स्पष्ट भनिएको छ । तर, यहाँ त कानून बुझेका, पढेकाहरुले नै यी क्षेत्रमा भरपुर लगानी गरेका छन् ।
एक सय रुपैयाँ कित्ताको सेयर ३५ सय हालेर किनिएको छ । कवाडी सामान हालेर बनाइएको गाडी लाखौं–करोडौं हालेर किनिएको छ । यतिमात्र होइन, कुनै बेला रोपनीको दश हजारमा नबिकेको जग्गा अहिले आनाकै लाखौं–करोडौं हालेर किनिएको छ । अनि इन्धन नै नभए गाडी के गर्ने ? खाद्यान्न नै नभए घर के गर्ने ? घरजग्गा, गाडी र सेयरमा नेपालीले गरिएको लगानीलाई बुद्धिजीवी काम मान्ने कि मुर्खता?
सरकार पनि उस्तै छ । विदेशी देशहरुमा जग्गा राज्यको स्वामित्वमा रहन्छ । तर, नेपालमा व्यक्तिको स्वामित्वमा दिँदा एकातिर खेतीयोग्य जमिन त मासियो नै सरकारी जग्गासमेत हड्पने क्रम बढ्दो छ । त्यसैले, अब भने सरकारको पनि बुद्धि आयोस् । बेलैमा उचित निर्णय गरोस् । नत्र भविष्यमा ठूलो क्षति व्यहोर्नुपर्नेछ ।
एक्सप्रेस
सम्बन्धित खबर
शिक्षा, खेलकुद र उद्यमशीलता : जिम्मेवार युवाबाट समृद्ध समाजको आधार
मिडियाबाजी डटकम काठमाडौँ, असोज ३०। नेपालका युवा आज इतिहासको निर्णायक मोडमा छन्। देशमा अवसरको कमी, वैदेशिक रोजगारीको आकर्षण र राजनीतिक अस्थिरताबीच पनि केही युवाहरू जिम्मेवार सोच, परिश्रम र नेतृत्वका माध्यमबाट नयाँ आशा बोके...
होलीले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने प्रेरणा मिलोस् - राष्ट्रपति पौडेल
काठमाडौँ फागुन १८। रङहरूको पर्व फागु पूर्णिमा (होली पर्व) को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना व्यक्त गरेका छन् ।
होली पर्वको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभा...
जित्ने कला “पागलपन” जबसम्म तपाईंले हार मान्नु हुन्न -डिआर दाहाल
जीवनको यात्रा कहिलेकाहीं अनिश्चित, चुनौतीपूर्ण र कठिनाइले भरिएको हुन्छ। हामी सबैले कहिल्यै नसकिए जस्तो लाग्ने समस्याहरू र धेरै असफलताहरूको सामना गर्नुपरेको हुन्छ। तर, जीवनका यस्ता क्षणहरूमा नै तपाईंको दृढता, साहस, र आत्मबलको वास्तविक परीक्षा...
आमा ! छोरा मान्छेहरु कहिल्यै रुँदैनन् हो ?
एक्कासि बाबालाई आज सन्चो भएन । हिजो असारको १५ गते, खेतमा बेस्सरी भिजेर आउनु भएकोले आज बाबालाई ज्वरो आएको छ अनि खोकी पनि लागीरहेको छ । म घरको जेठो छोरा, सबै जिम्मेवारी मेरै काँधमा छ । बुबापछिको शेष मनै हुँ । ठुली दिदी ब...
भोगीको दार्शनिक पथ ! भोग दर्शन !
© निर्मल पुरी 'भोगी'
मिडियाबाजी डटकम काठमाडौँ, मंसिर १३। सामान्य अर्थमा भोग दर्शन ,भोगविलास , आनन्द वा रुचिहरूको लागि बहस गर्ने दर्शन हो । यसलाई मिश्रित...
लुम्बिनीका पुरातात्त्विक सम्पदाको संरक्षणमा सबै एकजुट हुनुपर्छ : उपाध्यक्ष लामा
मिडियाबाजी डटकम काठमाडौँ आश्विन ३० ,काठमाडौँ ।लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले लुम्बिनीसहितका सम्पूर्ण पुरातात्त्विक क्षेत्रहरूको संरक्...



