शुक्रबार, १३ कात्तिक २०८३
नेपाली

थप १८ वटा उद्योगको लाइन काटियो

Main News Image

काठमाडौँ । ट्रङ्क र डेडिकेटेड लाइनको महसुल विवादका बीच नेपाल विद्युत् प्राधिकरणले थप १८ वटा उद्योगको लाइन काटेको छ । प्राधिकरणले शुक्रबार साँझ ती उद्योगको लाइन काटेको हो । प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार सरकारी स्वामित्वका उदयपुर सिमेन्ट र हेटौँडा सिमेन्टबाहेक सबै विवादित उद्योगको लाइन काटिएको छ । यसअघि लक्ष्मी पूजाको भोलिपल्ट जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रीज र त्रिवेणी स्पिनिङ मिल्स गरी ६ उद्योगको लाइन काटिएको थियो।

प्राधिकरणले बाँकी उद्योगहरूलाई महसुलको पहिलो किस्ता तुरुन्त बुझाउन चेतावनी दिएको थियो। तर, तोकिएको समयमा भुक्तानी नगरेपछि लाइन काटिएको प्राधिकरणले जनाएको छ। हाल विवादितमध्ये १४ उद्योगले पहिलो किस्ता बुझाइसकेका छन् । अरिहन्त मल्टिफाइबर, रघुपति जुट मिल, बाबा जुट मिल, युनाइटेड सिमेन्ट, मारुती सिमेन्ट र पोलिप्याक्स गरी ६ उद्योग अदालत पुगेकाले अदालतको आदेशअनुसार उनीहरूको लाइन खुला राखिएको छ। बाँकी सबैको लाइन काटिएको प्रवक्ता ढकालले बताए।

असोज १० गते बसेको सञ्चालक समिति बैठकले विवादित महसुल उठाउने निर्णय गरेपछि उद्योगहरूलाई असोज २ गतेसम्म भुक्तानीको समय दिइएको थियो। तर, उद्योगीहरूले प्राधिकरणले तोकेको महसुल अन्यायपूर्ण भएको भन्दै नतिर्ने घोषणा गर्दै आएका छन्।

mediabaaji add

सम्बन्धित खबर

रसुवागढी नाकाबाट ३१ अर्बको आयात, नेपालबाट सुक्खा घाँस निर्यात

काठमाण्डौँ । नेपाल–चीन व्यापारको महत्वपूर्ण  नाका रसुवागढीबाट चालु आर्थिक वर्षको नौ महिनामा रु ३१ अर्ब ३० करोड बराबरका बस्तु भित्रिएको छ । नाकाबाट आयात हुने सामग्रीमा रोल कपडा, तयारी पोसाक, विद्युतीय इभी गाडी, जलविद्युत् तथा पूर्वाधार विकास आ...

‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना : १३ महिनामा ५० प्रतिशत भौतिक प्रगति

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकामा निर्माणाधीन ‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना निर्माण सुरु भएको १३ महिनाको अवधीमा ५० प्रतिशत भौतिक प्रगति भएको छ । हाइड्रो इम्पायर लिमिटेड प्रवर्द्धक रहेको ४६ दशमलव २५ मेगावाट क्षमताको आयोजनाले २०८३...

स्नो रिभर्सले वैशाख २९ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने

काठमाडौँ । स्नो रिभर्स लिमिटेडले यही वैशाख २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावितलाई आईपीओ बाँडफाँड गरेसँगै अब सर्वसाधारणमा जारी गर्न लागेको हो ।

कम्पनीले आफ्नो जारी प...

साताको पहिलो दिन ५४ अंकले बढ्यो शेयर बजार, कुन कम्पनीको कति भयो कारोबार ?

काठमाडौँ । साताको पहिलो दिन आज आइतबार शेयर बजार परिसूचक नेप्से ५४.५१ अंकले बढेर २९३१.५५ को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएका ६ करोड १४ लाख ७ हजार ७४ कित्ता शेयर खरिद बिक्रीबाट २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार १ सय ८२ रुपैयाँ ८४ पैसाको कारोबार भए...

काँकरभिट्टबाट चार अर्ब ४८ करोडको पेट्रोलियम पदार्थ आयात

भद्रपुर । चालु आर्थिक वर्ष २०८२र०८३ को पहिलो त्रैमासिकमा पूर्वी नाका काँकरभिट्टाबाट चार अर्ब ४८ करोड ४५ लाख ६८ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। पूर्वी नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टिते...

डेडिकेटेड ट्रंक लाइन बक्यौता विवादः प्राधिकरणले दिएको समय आज सकिँदै

काठमाडौँ । डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम बुझाउन नेपाल विद्युत प्राधिकरणले दिएको पछिल्लो समय आज सकिँदै छ। उद्योगीहरुलाई प्राधिकरणले दिएको किस्ताबन्दी सुविधा अनुसार आज बेलुका सम्म पनि किस्ता बुझाउन नगए प्राधिकरणले...