‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना : १३ महिनामा ५० प्रतिशत भौतिक प्रगति
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकामा निर्माणाधीन ‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना निर्माण सुरु भएको १३ महिनाको अवधीमा ५० प्रतिशत भौतिक प्रगति भएको छ । हाइड्रो इम्पायर लिमिटेड प्रवर्द्धक रहेको ४६ दशमलव २५ मेगावाट क्षमताको आयोजनाले २०८३ चैत महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यसहित बाँध, सुरुङ, विद्युत्गृह, प्रसारण लाइन, ‘हाइड्रो’ र ‘इलेक्ट्रोमेकानिकल’ तर्फका निर्माणलाई समानान्तर रूपमा तीव्रता दिएको हो। विसं २०८१ चैत महिनादेखि निर्माण थालिएको आयोजनाको ५० प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख रमेश सुवेदीले जानकारी दिए।
‘सुरुङसहितका भूमिगत संरचनालाई अबको आठ महिनाभित्र सकेर फिनिसिङमा लैजाने कार्ययोजनाअनुसार काम अघि बढाएका छौँ’, उनले भने, ‘सिभिल ठेकेदारले सुरुङ, बाँध र विद्युत्गृहको काम तीव्रताका लागि गरिरहेको छ भने प्रसारण लाइन र पेनस्टेक पाइपलाइनको काम पनि चाँडै सुरु हुँदैछ।’
छ हजार ४२५ मिटर मुख्य सुरुङसहित सम्पूर्ण भूमिगत संरचनामध्ये मङ्गलबारसम्म चार हजार २२० मिटर सम्पन्न भएको आयोजना प्रमुख सुवेदीले बताए। धवलागिरि गाउँपालिका–४ सिङकोश दोभानमा बाँध र घिम्लेटी ९खारपानी०मा विद्युत्गृह निर्माणाधीन छ।
एक्सप्रेस
सम्बन्धित खबर
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बिमा दाबी रकममध्ये हालसम्म रु पाँच अर्ब १८ करोड दाबी रकम बीमितलाई भुक्तानी गरिएको छ । नेपाल बिमा प्राधिकरणले आज प्रेस विज्ञप्ति जारी गर्दै निर्जीवन बिमा कम्पनीमा परेका कूल तीन हजार ३०३...
नयाँ व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकको सर्कुलर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत गरिएका नयाँ व्यवस्था कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थालाई सर्कुलर गरेको छ। केन्द्रीय बैंकले मौद्रिक नीतिको समिक्ष...
अमेरिकी डलर, अस्ट्रेलियन डलर र दिनारको मूल्य बढ्यो, युरो र पाउन्ड थप महँगिए
काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनिमयदर बढेको छ । हिजो अमेरिकी डलर, अस्ट्रेलियन डलर...
पुँजी बजार ४५ अकंले बढ्योः बैंक तथा वित्तीय क्षेत्रमा चमक !
काठमाडौँ । शेयर बजारमा लगातार उतार–चढाव जारी रहेको छ । मंगलबार बजार झिनो अंकले घटेपनि बुधबार सुधार देखिएको छ । आज बढेपनि हालको उतार चढाब विशेष गरी सम्पत्ति शुद्धीकरण सम्बन्धी कडाइको असर मानिएको छ ।
अवैध लगानी नियन्त्रणका लागि ल्याइएका नीतिह...
नेप्से परिसूचक दोहोरो अंकले घट्यो, चार अर्बको कारोबार
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १२ दशमलव ५० अंकले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा कायम भएको हो । आज ३३० कम्पनीको एक करोड १२ लाख ७२ हजार १६८ कित्ता शेयर ६...
बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
२१ असोज, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५४ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०७...



