आइतबार, ०८ कात्तिक २०८३
नेपाली

नेप्सेमा ३९.९२ अंकको वृद्धि, ६ अर्ब २८ करोडको कारोबार

Main News Image

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ३९.९२ अंकले बढेर २६००.२२ को विन्दुमा कायम भएको छ ।  आज दिनभरिमा ३३४ कम्पनीको १ करोड ३३ लाख ८१ हजार ९२६ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २८ करोड माथिको सेयर कारोबार भएको छ । आज २३७ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक ६५ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा पिपुल्स हाइड्रोपावरको ३४ करोड ७८ लाख रुपैयाँ र तेस्रोमा राधी विद्युतको २१ करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसदिन सागर डिष्टिलरी र माबिलुङ इनर्जीका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, बन्दीपुर केबलकार र झापा इनर्जीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले आज सर्वाधिक ७.९४ प्रतिशतका दरले गुमाएका छन् ।

 

mediabaaji add

सम्बन्धित खबर

एक हजार दरका ४३ करोड थान नयाँ नोट चीनमा छापिने

काठमाडौँ । केन्द्रीय बैंकले एक हजार दरको नयाँ नोट छाप्ने ठेक्का पनि चिनियाँ कम्पनीलाई दिएको छ । राष्ट्र बैंककाअनुसार चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनलाई उक्त नयाँ नोट छाप्ने ठेक्का दिइएको हो । यो कम्पनील...

बेमौसमी वर्षाका कारण धान उत्पादनमा ३ लाख मेट्रिक टनले कमी आउने

काठमाडौँ। यसवर्ष आएको वर्षाका कारण कृषि क्षेत्रमा भएको क्षतिले धानको उत्पादनमा पाँच प्रतिशतले कमी आउने प्रक्षेपण गरिएको छ । वर्षाका कारण देशभर कृषि तथा पशुपन्छी क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति भएको तथ्याङ्कका आधारमा कृषि तथा पशुपन्छी विकास मन्त...

साउदी अरबमा ड्रोन आक्रमण : एक नेपालीसहित दुईको मृत्यु

काठमाडौँ ।  साउदी अरबमा भएको ड्रोन आक्रमणमा एक नेपाली र एक फिलिपिनो नागरिकको मृत्यु भएको छ। आक्रमणमा एक पाकिस्तानी र एक भारतीय नागरिक घाइते भएका छन् । साउदी अरबको पूर्वी प्रान्तस्थित सायबाह तेल खानी क्षेत्रमा रहेको अरामकोको प्रशोधन केन्द्रलाई...

मंगलबार बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ६०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यता, चाँदीको मूल्य भने तोलामा...

आइतबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैय...

इन्धनको मूल्य बढेर आयो, तर नेपालमा खुद्रा मूल्य यथावत

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर आए पनि नेपाल आयल निगमले सर्वसाधारणको सुविधालाई ध्यानमा राख्दै खुद्रा बिक्री मूल्य नबढाउने निर्णय गरेको छ । भदौ ३० गते प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा प्रति लिटर रु १२....