नेप्सेमा ३९.९२ अंकको वृद्धि, ६ अर्ब २८ करोडको कारोबार
काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ३९.९२ अंकले बढेर २६००.२२ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३४ कम्पनीको १ करोड ३३ लाख ८१ हजार ९२६ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २८ करोड माथिको सेयर कारोबार भएको छ । आज २३७ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक ६५ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा पिपुल्स हाइड्रोपावरको ३४ करोड ७८ लाख रुपैयाँ र तेस्रोमा राधी विद्युतको २१ करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसदिन सागर डिष्टिलरी र माबिलुङ इनर्जीका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, बन्दीपुर केबलकार र झापा इनर्जीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले आज सर्वाधिक ७.९४ प्रतिशतका दरले गुमाएका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
विदेशी मुद्राको विनिमयदर : कुन देशको रुपैयाँ कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले आजका लागि निर्धारण गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा पुगेको छ ।
यस्तै युर...
आइतबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । यस्तै, य...



