बुधबार, ११ कात्तिक २०८३
नेपाली

कार्यवाहक राजदूतले भने-नेपाली मूलका व्यक्तिहरुलाई नेपालले पहिचान दिनुपर्छ

Main News Image

न्यूयोर्क । अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आरणले संसारभर छरिएका नेपाली मूलका व्यक्तिहरुलाई नेपालीको परिचय दिनुपर्ने धारणा राखेका छन् । अमेरिकाको पेन्सिलभेनिया राज्यको कार्लाइल शहरमा एसोसिएसन अफ नेपाली ओरिजिन एएनओको राष्ट्रिय सम्मेलनलाई शनिवार साँझ सम्बोधन गर्दै उनले नेपालको निर्माण र समृद्धिमा नेपाली जातिले ठूलो योगदान दिनसक्ने जिकिर गरे ।

एएनओका केन्द्रीय अध्यक्ष डिल्ली अधिकारीले नेपालको समृद्धिमा योगदान दिन तयार भएका नेपाली मूलका मानिसहरुलाई नेपाल सरकारले पहिचान दिनुपर्ने धारणा राखेपछि राजदूत आरणले सो कुरा बताएका थिए । अध्यक्ष अधिकारीले विदेशी भएर होइन पुस्तौं पुस्ताअघि नेपालबाट वाहिर गएका नेपाली मूलका मानिसहरु नेपाली जातिकै प्रतिनिधिका रुपमा नेपालको हर क्षेत्रमा योगदान दिन तयार भएको तर नेपाल सरकारले आफ्‌नै सन्ततिहरुलाई नेपालीको पहिचान दिन तयार हुनुपर्ने धारणा राखेका थिए।

कार्यक्रममा कार्यवाहक राजदूत आरणले धेरै पुस्तादेखि संसारका विभिन्न मुलुकमा बसेका नेपाली मूलका मानिसहरुलाई कसरी पहिचान दिन सकिन्छ भन्नेबारे राजदूतावास छलफल गर्न तयार रहेको र अमेरिकामा रहेका नेपाली मूलका नेपालीहरुको मागलाई नेपाल सरकारसम्म आफूले पुर्याउने बताए।

सो अवसरका अमेरिकाको ओहायो राज्यका लागि नेपालका अवैतनिक वाणिज्यदूत एवं एएनओको केन्द्रीय सचिवालय सदस्य डा।दामोदर पौडेलले नेपाली जातिका मानिसहरुलाई नेपालसँग जोड्ने एएनओको अभियानले तिब्रता लिएको र यसले नेपालको समृद्धिमा योगदान दिने विश्वास व्यक्त गरे।

mediabaaji add

सम्बन्धित खबर

सिलिन्डर लगेका स्थानीयलाई फिर्ता गर्न प्रहरीको माइकिङ

मुग्लिङ । भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएका ग्यास सिलिन्डर निकालेर लगेका स्थानीयलाई प्रहरीले ती सिलिन्डर फिर्ता गर्न आग्रह गरेको छ । प्रहरीले मुग्लिङ क्षेत्रमा माइकिङ गर्दै बाढीले बगाएर ल्याएका ग्यास सिलिन्डर तथा अन्य सामग्री आफूसँग नराखी स...

बालबालिकाले देउसीभैलो खेलेर जुटाएको रकमबाट ताराखेतमा सडकबत्ती

म्याग्दी । मङ्गला गाउँपालिका–२ ताराखेतका बालबालिकाले देउसीभैलो खेलेर जुटाएको रकम परिचालन गरेर सडकबत्ती जडान गरेका छन् । ताराखेतमा पर्ने बेनी–दरवाङ सडक, पदमार्ग र मङ्गला गाउँपालिका–३ सातबिसेको सिमकुना जोड्ने झोलुङ्गे पुलमा शनिबारदेखि सडकबत्ती बालेर...

माथिल्लो त्रिशूली ३ ‘ए’ टनेलमा ३८ जना फसेको अनुमान : बिस्फोट गराएर टनेलको मुख खोलियो

काठमाडौँ । भोटेकोसी र त्रिशूली नदीमा गत बुधबार आएको भीषण बाढीका कारण ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङ टनेल भित्र ३८ जना प्राविधिक तथा कर्मचारी फसेको अनुमान गरिएको छ ।

फसेकाहरूको उद्धारका लागि रातभर निरन्त...

नेपाल-चीन महिला सहकार्यको ऐतिहासिक सम्मेलन

काठमाडौँ । जनवादी गणतन्त्र चीनको सिजाङ तिब्बत प्रान्तको परराष्ट्र मामिला कार्यालयको निमन्त्रणामा आयोजित महिला सम्मेलनमा नेपाल–चीन महिला सहकार्य गर्ने विषयमा छलफल भएको छ । यही मङ्सिर ८ गतेदेखि १२ गतेसम्म सिजाङ स्व...

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

काठमाडौँ । नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठलाई संयुक्त राष्ट्रसंघले फोर्स कमान्डरमा नियुक्त गरेको छ । सुडान र दक्षिण सुडानबिचमा रहेको अबेई क्षेत्रमा खटिएको राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको उनी फोर्स कमान्डर बनेका...

काठमाडौँ महानगरमा वैशाख १५ देखि शैक्षिक सत्र ०८३ शुरू हुने

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्र २०८३ को पठनपाठन तथा सम्पूर्ण शैक्षिक गतिविधि वैशाख १५ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । महानगरपालिकाको शिक्षा विभागले वैशाख १० गते एक सूचना जारी गर्दै महानगरभित्रका सबै विद्यालयलाई उ...