कार्यवाहक राजदूतले भने-नेपाली मूलका व्यक्तिहरुलाई नेपालले पहिचान दिनुपर्छ
न्यूयोर्क । अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आरणले संसारभर छरिएका नेपाली मूलका व्यक्तिहरुलाई नेपालीको परिचय दिनुपर्ने धारणा राखेका छन् । अमेरिकाको पेन्सिलभेनिया राज्यको कार्लाइल शहरमा एसोसिएसन अफ नेपाली ओरिजिन एएनओको राष्ट्रिय सम्मेलनलाई शनिवार साँझ सम्बोधन गर्दै उनले नेपालको निर्माण र समृद्धिमा नेपाली जातिले ठूलो योगदान दिनसक्ने जिकिर गरे ।
एएनओका केन्द्रीय अध्यक्ष डिल्ली अधिकारीले नेपालको समृद्धिमा योगदान दिन तयार भएका नेपाली मूलका मानिसहरुलाई नेपाल सरकारले पहिचान दिनुपर्ने धारणा राखेपछि राजदूत आरणले सो कुरा बताएका थिए । अध्यक्ष अधिकारीले विदेशी भएर होइन पुस्तौं पुस्ताअघि नेपालबाट वाहिर गएका नेपाली मूलका मानिसहरु नेपाली जातिकै प्रतिनिधिका रुपमा नेपालको हर क्षेत्रमा योगदान दिन तयार भएको तर नेपाल सरकारले आफ्नै सन्ततिहरुलाई नेपालीको पहिचान दिन तयार हुनुपर्ने धारणा राखेका थिए।
कार्यक्रममा कार्यवाहक राजदूत आरणले धेरै पुस्तादेखि संसारका विभिन्न मुलुकमा बसेका नेपाली मूलका मानिसहरुलाई कसरी पहिचान दिन सकिन्छ भन्नेबारे राजदूतावास छलफल गर्न तयार रहेको र अमेरिकामा रहेका नेपाली मूलका नेपालीहरुको मागलाई नेपाल सरकारसम्म आफूले पुर्याउने बताए।
सो अवसरका अमेरिकाको ओहायो राज्यका लागि नेपालका अवैतनिक वाणिज्यदूत एवं एएनओको केन्द्रीय सचिवालय सदस्य डा।दामोदर पौडेलले नेपाली जातिका मानिसहरुलाई नेपालसँग जोड्ने एएनओको अभियानले तिब्रता लिएको र यसले नेपालको समृद्धिमा योगदान दिने विश्वास व्यक्त गरे।
एक्सप्रेस
सम्बन्धित खबर
खुम्बु क्षेत्रमा भारी हिमपात : आइल्यान्ड पिकमा रोकिएका सात विदेशी पर्यटकको उद्धार
सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा पुगेका पर्यटकको आवागमन प्रभावित भएको छ। निरन्तरको वर्षापछि खुम्बुको माथिल्लो भेगमा हिमपात सुरु भएको हो । प्रमुख जिल्ला अधिकारी कमानसिंह थापा मगरका अनुसार खुम्...
सडकमा धुलो झारेर प्रदूषण गर्ने घरधनीलाई २५ हजार रुपैयाँ जरिवाना
काठमाडौँ । काठमाडौं महानगरपालिकाले सडकमा धुलो खसालेर वातावरण प्रदूषण गर्ने घरधनीलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ । महानगरपालिका वडा नं १५ किमाडोलस्थित निर्माणाधीन आवासीय घरमा आवश्यक सावधानी नअपनाई निर्माण सामग्री ओसारपसार गर्दा सडकमा धुलो खसाले...
नेपाल प्रहरीका पाँच प्रहरी नायब महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान
काठमाडौँ । नेपाल प्रहरीका पाँच प्रहरी नायब महानिरीक्षकलाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको छ । नेपाल सरकार गृहमन्त्रीस्तरको आज कात्तिक १७ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षक पदमा पदोन्न...



