लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ६ जना चालक नियन्त्रणमा
काठमाण्डौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नम्बर २ नागढुङ्गा चेक पोष्ट अगाडी आज गरिएको लापसे चेकिङमा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ६ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
जसमा ट्रक चालक ४ जना, सार्वजानिक यात्रुवाहक सवारी साधन भाडाबस चालक १ जना , माईक्रोबस चालक १ जना रहेका छन् । नेपाल प्रहरी अस्पतालको प्राविधिक टोली सहितको सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण व्युरो र ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलिले चेक गर्दा लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा ६ जना चालक फेला परेका थिए । नियन्त्रणमा आएका उनिहरूलाई थप अनुसन्धान तथा कारवाहीका लागि प्रहरी प्रभाग नागढुङ्गा काठमाडौं पठाइएको छ ।
यात्रु बोक्ने जस्तो संबेदनशिल सवारी साधन चलाउने चालकले नै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैमा नियम विपरित तथा दण्डनीय कार्य भएकोले सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जीवन समेत जोखिममा पर्ने हुनाले आफु सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्नुहुन अनुरोध गरिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण
काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर फेला पारी सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ । आज काठमाडौं उपत्यका प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानी...
विभिन्न घटनामा मानव बेचबिखनका ४ जनालाई पक्राउ, पीडितको उद्धार
काठमाडौँ । विभिन्न मितिमा भएका मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी घटनामा संलग्न चार जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूविरुद्ध अलग–अलग घटनामा अनुसन्धान अघि बढाइएको छ भने पीडितहरूको उद्धारसमेत गरिएको प्रहरीले जनाएको छ ।
मकवानपुरक...
चुनावमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
काठमाण्डौँ । आउँदो प्रतिनिधि सभाको निर्वाचनमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने भएको छ । घाइते सुरक्षाकर्मीको उपचार गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन् । बुधबार...
वीरगन्जमा अवैध गोदाममा छापा, तस्करको आक्रमणबाट तीन प्रहरी घाइते
काठमाडौँ । पर्साको वीरगन्जमा अवैध रूपमा सञ्चालित गोदाममा छापा मार्ने क्रममा तस्कर समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । वीरगन्ज महानगरपालिका–१० मा रहेको गोदाममा सोमबार बिहान कारबाहीका लागि पुगेको टो...
सासुलाई कुटपिट गरी गहना लुटेको आरोपमा बुहारी पक्राउ
काठमाण्डौँ । सासुमाथि कुटपिट गरी गहना लुटेको आरोपमा प्रहरीले एक बुहारीलाई पक्राउ गरेको छ । यो घटना गोरखाको सहिद लखन गाउँपालिका वडा नम्बर ४ ताक्लुङ बाझोजराको हो ।
८५ वर्षीया सासु दिलमाया रानामाथि कुटपिट गरी दुवै कानको लोतीसमेत चुडाएर सुनको रि...
एम्बुलेन्समा गाँजा तस्करी, तस्कर समाउन प्रहरीले चलायो गोली
विराटनगर । मोरङमा एम्बुलेन्स प्रयोग गरी गाँजा ओसार पसार गरेको पाइएको छ । प्रहरीले गाँजा कारोबारीलाई नियन्त्रणमा लिन गोली चलाएको जनाएको छ । आइतबार राति करिब साढे ११ बजे मोरङको केराबारी गाउँपालिका–५ लाफा टोलमा प्रहरीले हवाई फायर गरी एम्बुलेन्समा लोड...



