बिहिबार, १२ कात्तिक २०८३
नेपाली

लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ६ जना चालक नियन्त्रणमा

Main News Image

काठमाण्डौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नम्बर २ नागढुङ्गा चेक पोष्ट अगाडी आज गरिएको लापसे चेकिङमा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ६ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

जसमा ट्रक चालक ४ जना, सार्वजानिक यात्रुवाहक सवारी साधन भाडाबस चालक १ जना , माईक्रोबस चालक १ जना रहेका छन् । नेपाल प्रहरी अस्पतालको प्राविधिक टोली सहितको सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण व्युरो र ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलिले चेक गर्दा लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा ६ जना चालक फेला परेका थिए । नियन्त्रणमा आएका उनिहरूलाई थप अनुसन्धान तथा कारवाहीका लागि प्रहरी प्रभाग नागढुङ्गा काठमाडौं पठाइएको छ  ।

यात्रु बोक्ने जस्तो संबेदनशिल सवारी साधन चलाउने चालकले नै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैमा नियम विपरित तथा दण्डनीय कार्य भएकोले सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जीवन समेत जोखिममा पर्ने हुनाले आफु सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्नुहुन अनुरोध गरिएको छ । 


mediabaaji add

सम्बन्धित खबर

प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

काठमाडौँ । नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । नेपाली सेनाका सहायक रथी एवम् प्रवक्ता राजाराम बस्नेतले निर्वाचनका सन्दर्भमा एकीकृत सुरक्षा योजना २०८२ अनुमोदन भई राष्...