मङ्गलबार, ०२ असार २०८३
नेपाली

राजनीति

Main News Image

१५० निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, ११६ स्थानमा रास्वपाको जित, अन्य दलको कति ?

काठमाडौँ । प्रतिनिधि सभाका १६५ मध्ये १५० निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ । बाँकी १५ क्षेत्रमा मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार १५० क्षेत्रको नतिजा आउँदा रास्वपा एक्लैले ११६ स्थानमा जित हासिल गरेको छ। मतगणना जारी रहेका १५ मध्ये १० क्षेत्रमा पनि रास्वपाकै उम्मेदवारहरूले अग्रता लिइरहेका छन् । प्रत्यक्षतर्फ मात्र नभई समानुपातिकतर्फ पनि रास्वपाको लहर देखिएको छ। पार्टीले यो समाचार तयार गर्दासम्म समानुपातिकतर्फ सर्वाधिक १८ लाख ५८ हजार ६५९ मत प्राप्त गरेको छ ।

देशका पुराना ठूला दलहरू भने बिहीबार भएको निर्वाचनमा निकै पछाडि परेका छन् । नेपाली कांग्रेसले प्रत्यक्षतर्फ जम्मा १७ स्थानमा चित्त बुझाएको छ । कांग्रेसले समानुपातिकतर्फ ६ लाख ३२ हजार ५९३ मत प्राप्त गरेको छ । त्यसैगरी, नेकपा एमालेले जम्मा ७ स्थानमा मात्र विजय हासिल गरेको छ भने थप ३ स्थानमा अग्रता कायम राखेको छ। एमालेको समानुपातिक मत ५ लाख ३० हजार ७२३ रहेको छ ।

चौथो शक्तिको रूपमा देखिएको नेपाली कम्युनिष्ट पार्टीले ६ स्थान जितेको छ भने १ स्थानमा अग्रता लिइरहेको छ । सो पार्टीले समानुपातिकतर्फ २ लाख ५१ हजार ८६४ मत पाएको छ । यस निर्वाचनमा श्रम संस्कृति पार्टीले २ स्थानमा जित दर्ता गराएको छ भने थप १ स्थानमा अग्रता कायम गरेको छ। यस पार्टीले समानुपातिकतर्फ ८१ हजार ८३८ मत बटुलेको छ । त्यस्तै, राप्रपा र स्वतन्त्र उम्मेदवारले १र१ स्थानमा जित निकालेका छन् भने समानुपातिकतर्फ १ लाख ३६ हजार ११ मत पाएका छन् ।

एक सय ४७ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपालाई ११३ सिट, कांग्रेसलाई १७

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा १४७ ओटा निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ११३, नेपाली कांग्रेस १७,...

सुनसरी- १ मा हर्क साम्पाङ विजयी

काठमाडौँ । प्रतिनिधिसभाको निर्वाचनमा सुनसरी १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ निर्वाचित भएका छन् । साम्पाङ भारी मतान्तरले विजय भएका...

ओलीलाई फौजदारी अपराधको कसूरमा मुद्दा चलाउन सिफारिस

काठमाडौँ । भदौ २३ र २४ गतेका घटनाको जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई फौजदारी कसूरको अभ...

जेनजी आन्दोलन घटनाबारे जाँचबुझ आयोगको प्रतिवेदन आज सरकारलाई बुझाइँदै

काठमाडौँ । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगले आज सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ...

क्यान अध्यक्ष चन्दलाई हराउँदै बैतडीमा रास्वपाका हरि मोहन भण्डारी विजयी

काठमाडौँ ।  बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि मोहन भण्डारी विजयी भएका छन् । उनी २२ हजार १३४ मतसहित विजयी भएका हुन् । नेपाली क...

श्रम संस्कृतिले खाता खोल्यो, खोटाङबाट आरेन राई विजयी

काठमाडौँ । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा निर्वाचनमा पहिलो सिट जित्दै खाता खोलेको छ । खोटाङबाट श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई विजयी...