मङ्गलबार, ०२ असार २०८३
नेपाली

राजनीति

Main News Image

रास्वपालाई असफल हुने छुट छैन : शिशिर खनाल

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ बाट विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले मदताताहरुलाई धन्यवाद दिएका छन् । सोमबार आफ्नो क्षेत्रको मतदाताहरुसँग भेटघाट गर्दै उनले जनताले विश्वास गरेर मत साथै जिम्मेवारी सुम्पिएको भन्दै अब रास्वपालाई असफल हुने छुट नरहेको बताए । मत र विश्वासको कदर देशलाई समृद्ध बनाउने पक्षमा लाग्ने उनले प्रतिबद्धता जनाए ।

उनले भने,‘जनताले यति विश्वास गरेर मतका साथै जिम्मेवारी सुम्पिनु भएको छ । अब राष्ट्रिय स्वतन्त्र पार्टीलाई कुनैपनि हालतमा असफल हुने छुट छैन ।  तर म के विश्वास दिलाउन चाहन्छु भने तपाईले दिनुभएको मत वा अपार विश्वासको कदर गर्दै देशलाई समृद्ध बनाउने पक्षमा लाग्ने छौं ।’

रोजगारी सृजना गर्नुपर्ने आज देशको ठूलो चुनौती रहेको भन्दै उनले पार्टीले अबको पाँच वर्षमा १२ लाख रोजगारी सृजना गर्ने लक्ष्य लिएको बताए । संसदमा रास्वपाको उल्लेखनीय संख्या भएकाले पूराना काम नलाग्ने कानुन खारेज गर्ने र नयाँ कानुन आवश्यकता अनुसार बनाउन कसैले रोक्न नसक्ने दाबी गरे ।

खनाल २७ हजार ७११ मत सहित प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।

काभ्रेका अधिकांश उम्मेदवारले जमानत समेत जोगाउन सकेनन्

काठमाण्डौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेको उम्मेदवारी दिएकामध्ये ८५ प्रतिशत उम्मेदवारको जमानत जफत हुने भएको छ । जिल्लाका २...

प्रत्यक्षतर्फको मतगणना आज सकिने

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को प्रत्यक्षतर्फको मतगणना आज सकिने भएको छ । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फको मतगणना भने भोलिसम्...

गोरखा–१ मा सुधन गुरूङको अग्रता फराकिलो हुँदै

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेद्वार सुधन गुरूङको अग्रता फराकिलो हुँदै गएको छ । पछि...

माघ १९ मा निर्वाचित भएका राष्ट्रिय सभाका १८ सदस्यको आज शपथ

काठमाडौँ । राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ आज हुने भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सिंहदरबारस्थित कानून...

समानुपातिकतर्फ ७५ लाख ७५ हजार १९३ गणना हुँदा रास्वपालाई ३६ लाख ७२ हजार २६५ मत

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ७५ लाख ७५ हजार १९३ मत गणना भएको छ । निर्वाचन आयोगबाट प्राप्त तथ्यांककअन...

धनुषा १ को मत परिणाम सार्वजनिक नगर्न आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले धनुषा १ को मत परिणाम घोषणा नगर्न निर्वाचन अधिकृतको कार्यालयलाई पत्र पठाएको छ । आयोगले फागुन १८ गते राष्ट्रिय स्वतन्त्र प...