मङ्गलबार, ०२ असार २०८३
नेपाली

राजनीति

Main News Image

सरकारले गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा गर्‍यो सिफारिस

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई रिक्त रहेको एक जना सदस्यका लागि सिफारिस गरेको हो । मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको मन्त्री अर्यालले जानकारी दिए । राष्ट्रिय सभा सदस्यमा मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त हुने एक पद रिक्त रहेको छ । 

सोही पदमा सरकारले अर्यालको नाम सिफारिस गरेको हो । योसँगै अर्याललाई अब बन्ने सरकारमा मन्त्री बन्ने बाटोसमेत खुलेको छ । मन्त्री अर्यालले जेन(जी आन्दोलनको जाँचबुझ आयोगको प्रतिवेदन मन्त्रिपरिषद्मा लैजाने निर्णय भएकोसमेत बताए । उनले आइतबार भएका निर्णयको विस्तृत जानकारी सोमबार दिनेसमेत बताए । 


राप्रपाले टुंग्यायो समानुपातिक सांसदको नाम, धादिङकी को परिन् ?

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले समानुपातिकतर्फका उम्मेदवारहरूको नाम टुंगो लगाएको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आजको...

प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौं : उज्यालो नेप...

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचन, २०८२ को समग्र समीक्षा तथा आगामी राजनीतिक कार्यदिशा निर्धारण गर्न दुई दिने विशेष समीक्षा का...

श्रम संस्कृति पार्टीले छान्यो समानुपातिक ४ सांसद

धरान । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभाको समानुपातिकतर्फका चार सांसदको नाम टुंगो लगाएको छ । धरानमा आज बसेको पार्टीको बैठकले समानुपातिक प्रणालीअन...

ओलीलाई समवेदना दिन गुण्डु पुगिन् प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत उनका परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेकी छ...

रास्वपाले समानुपातिकका ५७ सांसदको नाम टुंग्यायो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय सचिवालयको बैठकले समानुपातिक तर्फबाट उम्मेदवारको अन्तिम नामावली निर्वाचन आयोगलाई बुझाउने न...

पराजयको कारणसहित चुनावी समीक्षा प्रतिवेदन बुझाउन कांग्रेसको परिपत्र

काठमाण्डौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा पराजयका कारणहरुसहित चुनावी समीक्षा प्रतिवेदन बुझाउन परिपत्र गरेको छ। पार्टीका मातहत समिति र...