मङ्गलबार, ०२ असार २०८३
नेपाली

राजनीति

Main News Image

कुनै गुट बनाउनु पर्दैन, घण्टी मुनी सबै अटाउन सक्छौँ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले पार्टीभित्र एकता, निडरता र देश केन्द्रित राजनीति आवश्यक रहेको बताएका छन् । बुधबार रास्वपाको अभिमुखीकरण कार्यक्रमको दोश्रो दिनलाई सम्बोधन गर्दै उनले गुटगत राजनीति त्याग्न आग्रह गर्दै सबै कार्यकर्ता एउटै छानामुनि एकताबद्ध हुनुपर्नेमा जोड दिएका हुन् ।

‘आँखामा जुन पट्टि आउँछ अब त्यो पट्टि हामीले खोल्नुपर्छ नत्र पुराना राजनीतिक दललाई जसरी ३५ ३६ वर्ष विश्वास गरेर कुरे हामीलाई ३६ महिना वा ३६ दिन पनि कुर्नेवाला छैन । किनकी कानुन निर्माताको रुपमा तपाईंहरुको दौड स्वार्थ समुहको घरघरमा हैन, गुट बनाएर कांग्रेस, एमालेलाई जितिँदैन साथिहरु, कुनै गुट बनाउन पर्दैन, घण्टीका मुनी सबै अटाउन सक्छौँ । घण्टीसँग त्यती धेरै तागत छ, कुनै गुट बनाउन पर्दैन,’ उनले भने ।

उनले विभिन्न शक्ति एक ठाउँमा उभिँदा पनि आफूहरू नडराएको र नहल्लिएको उल्लेख गर्दै नागरिकको चेतनामाथि विश्वास भएकै कारण अघि बढ्न सफल भएको बताए ।


जनताले पुराना दललाई ३५ वर्ष कुरे, हामीलाई २६ दिन पनि कुर्नेवाला छैनन् : रवि लामि...

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले जनताले दिएको जिम्मेवारी महसूस गरेर काम गर्नुपर्ने बताएका छन् । रास्वपा नवनि...

निर्वाचन नभएको भए मुलुक अर्को ठुलो दुर्घटनामा जान्थ्यो : प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कम्युनिस्ट पार्टी नेकपालाई निर्वाचन सफल पार्न भूमिका खेलेको भन्दै धन्यवाद दिएकी छन् । नेकपाका संयोज...

सांसदको शपथपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्छ : कविन्द्र बुर्लाकोटी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले सांसदहरूको शपथपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने बताएका छन् । पार्टी...

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकार...

काठमाडौँ । उज्यालो नेपाल पार्टीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । पार्टीले बुधबार...

रास्वपा अभिमुखीकरण कार्यक्रमलाई आज रविले सम्बोधन गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफ्नो पार्टीका तर्फबाट नवनिर्वाचित सांसदका निम्ति मंगलबारदेखि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको...

रास्वपाको सरकारलाई हामीले खबरदारी गर्न सक्नुपर्छ : डा. वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा स्वर्णिम वाग्लेले रास्वपाले पाएको ४८ प्रतिशत भोट असाध्यै गरुङ्गो वैधता भएको भन्दै त्यसलाई सम्हा...