राजनीति
लुटिएका हतियार गृहमन्त्रीले लुकाएको कांग्रेस नेताको आरोप
काठमाडौँ । नेपाली कांग्रेसका महासमिति सदस्य एवं युवा नेता भुपेन्द्रजंग शाहीले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार गृहमन्त्री ओमप्रकाश अर्यालले नै लुकाएको गम्भीर आरोप लगाएका छन् । गृहमन्त्री अर्यालले लुटिएका हतियार र भागेका कैदी बन्दीहरू प्रयोग नगर्ने भनी राजनीतिक दलहरूबाट प्रतिबद्धता आउनुपर्ने अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाउँदै शाहीले यस्तो आरोप लगाएका हुन् । उनले गृहमन्त्री अर्याललाई अफवाह फैलाउने र सत्ता लम्ब्याउन राजनीतिक चालबाजी गरिरहेको आरोप पनि लगाए ।
शाहीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ,जेनजी आन्दोलनका क्रममा अराजक र उग्र अभिव्यक्ति दिँदै युवाहरूलाई भड्काउने, आगजनीमा उक्साउने व्यक्ति नै अहिले गृहमन्त्री हुनु र लुटिएका हतियारका विषयमा राजनीतिक दलहरूले नै जिम्मा लिनुपर्छ भन्ने किसिमको अफवाह फैलाउनु शङ्कास्पद छ। त्यसैले लुटिएका हतियार गृहमन्त्री अर्यालकै निर्देशनमा लुकाइएको हुन सक्ने आशंका उत्पन्न भएको हो।
उनले गृहमन्त्री अर्यालमाथि पटक(पटक अराजक अभिव्यक्ति दिँदै हिंसा भड्काउने, निर्वाचनको वातावरण बिगार्ने र समाजमा उत्तेजना फैलाउने किसिमका गतिविधिमा संलग्न रहेको आरोप समेत लगाएका छन् । शाहीले गृहमन्त्रीजस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले आधिकारिक जानकारी बिना ‘नेताहरू भागेका छन्’ भन्नेजस्ता भ्रामक अभिव्यक्ति दिनु गम्भीर र आपत्तिजनक भएको टिप्पणी गरेका छन् ।
ताजा समाचार
गंगा दाहालले राजीनामा दिँदै भनिन् : प्रचण्ड, पार्टी र आन्दोलनको हित होस्
काठमाडौँ । नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयमा कार्य...
शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउनु अहिलेको प्रमुख आवश्यकताः संयोजक दाहाल
अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले भागेको भनिएका तत्कालीन ऊर्जामन्त्री दीपक खड्का आफ्नो जलेको घरबाटै सार्वजनिक भए...
राष्ट्रिय जेनजी पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता निवेदन दियो
काठमाडौँ । राष्ट्रिय जेनजी पार्टी नेपालले आज आइतबार निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ । पार्टीका अनुसार हालै स...
नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक हो : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भातृत्व, सुशासन र समृद्धिको भाव...
सेनाले आफ्नो मोबाइल सिज गरिदिएको ओलीको खुलासा
काठमाडौँ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सेनाको ब्यारेकमा रहँदा आफ्नो मोबाइल सिज गरिएको बताएका छन् । आइतबार...


