राजनीति
आज समानुपातिक सांसदसँग छलफल गर्दै प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका समानुपातिक सांसदहरूसँग आज बुधबार विशेष अन्तरक्रिया गर्दै छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले लगायत संसद्मा प्रतिनिधित्व गर्ने ६ वटै राष्ट्रिय दलका समानुपातिक सांसदहरूलाई निमन्त्रणा गरिएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, यस छलफलको मुख्य उद्देश्य समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका सांसदहरूको भूमिकालाई सदन र सरकारको नीति निर्माण प्रक्रियामा कसरी अझ बढी प्रभावकारी बनाउने भन्ने रहेको छ । समानुपातिक सांसदहरूलाई संसदीय समितिहरूमा थप सक्रिय बनाउने र उनीहरूको विज्ञतालाई कानुन निर्माणमा कसरी जोड्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।
ताजा समाचार
प्रशासन पुनर्संरचना : मन्त्रालयको संख्या १७ कायम गर्ने प्रस्ताव
काठमाडौँ । सरकारले संघीय मन्त्रालयको संख्या १७ कायम गर्ने प्रस्ताव सार्वजनिक गरेको छ । छ वटा राष्ट्रिय दलका घोषणापत्र, वाचापत्र र प्रतिबद्धतापत्रका...
पूर्ण निष्ठाका साथ राष्ट्रनिर्माणमा आ–आफ्नो जिम्मेवारी पूरा गरौं : प्रधानमन्त्री...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा पूर्णनिष्ठाका साथ राष्ट्र निर्माणमा आ–आफ्नो जिम्मेवारी पूरा गरौँ भन्ने शुभकामना व...
ओलीको आइसियुमा उपचार जारी, स्वास्थ्यमा सुधार
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सघन उपचार कक्ष आइसियुमा उपचार जारी रहेको छ । सोमबार त्रिवि शिक्षण अस्पताल...
नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि संकल्प गर्ने दिनः राष्ट्रप...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यसलाई प्राप्त गर्न संकल्प गर्ने दिनका रूपमा रह...
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स...
काठमाण्डौँ । विगत लामो समयदेखि अलपत्र अवस्थामा रहेको रौतहट–सर्लाही जोड्ने बडहर्वा घाटको महत्वपूर्ण बागमती नदी पुल निर्माण परियोजनाले अब नयाँ गति लि...
सभामुख अर्यालले गरे पूर्व सभामुख घिमिरे र अग्नि सापकोटासँग भेटवार्ता
काठमाडौँ । सभामुख डोलप्रसाद डीपी अर्यालले पूर्व सभामुखहरू देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन् । सोमबार सभामुख अर्यालले उनीहर...


