सोमबार, ०१ असार २०८३
नेपाली

राजनीति

Main News Image

सरकारले दमन गर्‍यो, हामी सहँदैनौँ : जेनजी प्रतिनिधि

काठमाडौँ । जेनजी प्रतिनिधिहरूले सरकारले शान्तिपूर्ण प्रदर्शनलाई दमन गरेको आरोप लगाउँदै तत्काल थुनिएका साथीहरूको रिहाइ नभए कडा कदम चाल्ने चेतावनी दिएका छन् । शनिबार माइतीघरमा शान्तिपूर्ण प्रदर्शनका लागि भेला भएका जेनजी प्रतिनिधिहरूलाई प्रहरीले पक्राउ गरेपछि उनीहरूले सरकारविरुद्ध आक्रोशित भएका हुन् ।

पत्रकार सम्मेलन गर्दै प्रतिनिधि मञ्जना राईले भनिन्, अब हामी नयाँ कदम चाल्न बाध्य हुनेछौँ। हामी पछि हट्ने छैनौँ। थुनिएका साथीहरू रिहाइ नभए हामी अर्को कदम चाल्न बाध्य हुनेछौँ। उनले सरकारको उदासीनताप्रति गुनासो व्यक्त गर्दै जेनजीका माग पूरा नगर्नुलाई आपत्तिजनक बताइन् ।

भोजपुरका जेनजी प्रतिनिधि सागर तामाङले भने, हामीलाई युनिफाइड हुन नदिने, युनिफिकेसनको क्याम्पेन पनि रोक्ने, यो कस्तो सरकार हो, अब सहँदैनौँ । हाम्रो मागहरू छिटो पूरा हुनुपर्छ। उनीहरूले सरकारको दमनकारी नीति अन्त्य गर्न र जेनजीका माग पूरा गर्न आन्दोलनलाई निरन्तर अघि बढाउने योजना रहेको पनि जानकारी दिए ।

 

चार जना मन्त्रीको नाम टुंगो लाग्यो, आजै सपथको तयारी

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले चार जना मन्त्री थप गरेर मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेकी छन्। चारै जना...

नेपालका कारण आफ्नो देशमा खतरा रहेको भन्दै भारतले उठायो प्रश्न

काठमाडौँ । नेपालमा जेन-जी आन्दोलनपछि सुरक्षा व्यवस्थालाई लिएर भारत सरकारले प्रश्न उठाएको छ। जेन(जी आन्दोलनको क्रममा सु...

सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार छः गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडक प्रदर्शनमा रहेका समूहलाई संवादका लागि आग्रह गरेका छन्। प...

सरकारलाई नैनसिंह महरको प्रश्न_तपाईंहरू चुनाव गर्न नसके के गर्न सक्नुहुन्छरु

डडेलधुरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेपाली राजनीतिक क्षेत्रमा आपत्कालीन...

पुनर्गठनको एजेन्डा रवि लामिछानेको विकल्प होइन: तोसिमा कार्की

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी नेतृ डा तोसिमा कार्कीले पार्टी सभापति रवि लामिछानेको विकल्प खोज्ने उद्...

संयम र जिम्मेवारीका साथ प्रस्तुत हुन गृहमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको उच्चस्तरीय बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सुरक्ष...