राजनीति
एमाले महाधिवेशन भाँड्ने सोच नबनाउन ओलीको चेतावनी
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशन भाँड्ने सोच नबनाउन चेतावनी दिएका छन् । शुक्रबार पार्टीको युथ भोलेन्टियरको घोषणा गर्दै ओलीले पार्टीको महाधिवेशन भाड्ने प्रयास भइरहेको आरोप लगाउँदै त्यस्तो सोच नबाउन चेतावनी दिएका हुन् । मंसिर २७–२९ मा काठमाडौंमा एमालेको ११औं महाधिवेशन भव्य हुने बताएका छन् । अब २२ दिनमा एमालेको महाधिवेशन हुने र त्यो महाधिवेशन अत्यन्त भव्यताका साथ सम्पन्न हुने उनले दाबी गरे ।
‘म देख्दैछु, सुन्दैछु, त्यसलाई भाँड्न विभिन्न प्रकारका प्रयास भइरहेका छन्,‘ उनले भने। एमालेको महाधिवेशनबारे टाउको नदुखाउन उनको आग्रह छ।
‘चेतावनी भन्ने शब्द चर्को हुन्छ भने म सबैलाई भन्न चाहन्छु, त्यसप्रकारका सोच नै नबनाउनुस्। एमालेको महाधिवेशन भाँड्ने सोच नबनाउनुस्। एमाले आफ्नो ठाउँमा बसेर गर्छ,‘ उनले भने । जनताले एमालेको महाधिवेशनलाई ऐतिहासिक रूपमा स्थापित गर्ने ओलीले बताए। उनले महाधिवेशनलाई एकताबद्ध बनाएर लैजान चाहेको बताए ।
ताजा समाचार
राष्ट्रपतिद्वारा ‘नेपाल विशेष सेवा’ अध्यादेश जारी
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल विशेष सेवा दोस्रो संशोधन अध्यादेश, २०८२’ जारी गरेका छन् । र...
भोलिन्टियर फोर्सले समाजको मनोबाल बढाउने काम गर्ने छ : महेश बस्नेत
काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स पार्टीको स्वयंसेवक र प्रतिरोधी संगठन भएको बताएका छन...
घोषित मितिमा निर्वाचन सफल बनाउन राष्ट्रपति पौडेलको आह्वान
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी प्रतिनिधिसभा निर्वाचन सफल बनाउन सबै पक्षले आ(आफ्नो स्थानबाट भूमिका निभाउ...
कांग्रेस विशेष महाधिवेशन रोक्ने खड्काको अन्तिम योजना
काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा विशेष महाधिवेशन हुने परिस्थिति सिर्जना हुन...
शान्ति सम्झौताका दुई दशक पूरा, अझै न्यायको पखाईमा पीडित
काठमाडौँ । नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादी बीच शान्ति सम्झौता भएको दुई दशक पूरा भएको छ । ५ मंसीर २०६३ मा...
माधव नेपाल र भीम रावलको नाम लिँदै ओलीले भने : स्वस्थ प्रतिस्पर्धा गरौँ
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ महाधिवेशनलाई एकता सुदृढ गर्ने अवसरका रूपमा उपयोग गर्न आग्रह गरेका...


