राजनीति
पार्टी दर्तापछि खगेन्द्र सुनारको दाबी : कांग्रेस-एमालेसँग सहकार्य हुन सक्दैन
काठमाडौँ । दलितका लागि दलित अभियान चलाइरहेका खगेन्द्र सुनारको अध्यक्षतामा दर्ता भएको ‘हाम्रो पार्टी नेपाल’ले आधिकारिक प्रमाण पत्र पाएको छ। सोमबार दिउँसो निर्वाचन आयोगको कार्यालय पुगेर सुनारले पार्टी दर्ताको आधिकारिक प्रमाण पत्र लिएका हुन् । उनीहरूले गत कात्तिक १८ गते दल दर्ता निवेदन दिएका थिए। हाम्रो पार्टी नेपालले चुनाव चिह्न ‘लाइक’ को थम्मेल रहेको छ ।
दल दर्ता प्रमाण पत्र लिएपछि अध्यक्ष सुनारले देश अप्ठ्यारोमा परेको बेलामा देशलाई सघाउन, परिस्थितीलाई सहज बनाउन चुनावमा भाग लिन पार्टी दर्ता गरेको बताए । उनले भने, ‘दल दर्ताको प्रमाण पत्र पाइसकेका छौं। देश अप्ठ्यारोमा परेको बेलामा देशलाई सघाउन, परिस्थितीलाई सहज बनाउन निर्वाचन आयोगबाट हाम्रो पार्टी नेपाल नामको बुढी आंैला उठाएको चुनाव चिन्ह रहनेगरी पार्टी दर्ता गरेका छौं ।’
अध्यक्ष सुनारले फागुन २१ को निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गरी नयाँ राजनीतिक यात्रामा प्रवेश गर्ने बताए । ‘पार्टी मार्फत उत्पीडनमा परेका सबै समुदायहरुलाई एकताबद्ध गरेर फागुन २१ को निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गरेर त्यसपछि नेपालको नयाँ राजनीतिक यात्रामा प्रवेश गर्नेछौं,’ उनले भने।
उनले चुनावमा कांग्रेस, एमालेसँग सहकार्य नहुने तर कुलमान घिसिङ, बालेन शाह, रवि लामिछाने र हर्क साङपाङहरुसँग सहकार्य हुनसक्ने बताए।
ताजा समाचार
वर्षा लागेपछि खाल्डा पुर्ने प्रवृत्ति हटाउँदै कुलमानले थाले हिउँदमै सडक मर्मत
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको निर्देशनपछि काठमाडौंका सडक मर्मत थालिएको छ । असारमा बजेट...
प्रधानमन्त्रीको सचिवालयले भन्यो : नियुक्तिहरूमा अनावश्यक विवाद झिकियो
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले नियुक्तिको विषयमा प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठलाई अनावश्यक रुपमा मुछिएको जिकिर गरेको छ...
राष्ट्रिय निकुञ्जभित्र जलविद्युत् आयोजनामाथि रोक लगाउन माग गर्दै परेको रिट सर्वो...
काठमाडौँ । राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र जलविद्युत् आयोजना निर्माण रोक्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज ग...
विदेशमा रहेका नेपालीलाई मताधिकार दिलाउन सरकार गम्भीर : मन्त्री घिसिङ
काठमाडौं । अन्तरिम सरकारका ऊर्जा, जलश्रोत, भौतिक योजना, यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले विदेशमा बसोबास ग...
पत्नीलाई स्वकीय सहसचिव बनाएपछि प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवको आलोचना
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले आफ्नै श्रीमतीलाई प्रधानमन्त्रीको सचिव...
दुर्गा प्रसार्ईं थुनामुक्त
काठमाडौँ । नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त भएका छन् । प्रसाईंका छोरा निराजनले दायर गरेको बन...


