राजनीति
श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङद्वारा चार दिनमै दुई उपाध्यक्षमाथि कारबाही
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चार दिनभित्र दुई जना उपाध्यक्षमाथि कारबाही गरेका छन् । उपाध्यक्ष राजकुमार तामाङ ९देवराज लामा० लाई निलम्बन गरेको ३ दिनपछि शनिबार अर्का उपाध्यक्ष डा मित्र परियार पनि कारबाहीमा परेका हुन् । धरानका मेयरसमेत रेहका श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले शनिबार पुस ५ गते सामाजिक सञ्जालमा लेखेका छन्, ‘श्रम संस्कृतिमा कोही सानो, कोही ठूलो हुँदैन। आज शनिबार उपाध्यक्षले बुटवलका आयोजकलाई गरेको अपमान र सह–संयोजकलाई बोलेको अपमानजन्य बोलीका कारण आचारसंहिता उल्लंघन भएकोले नसच्चिएसम्म कारबाही गरिएको जानकारी गराउँदछु ।’
शनिबार देशदौडाहा कार्यक्रमअन्तर्गत श्रम संस्कृति पार्टीले रुपन्देहीको बुटवलमा सभा आयोजना गरेको थियो। जसलाई उपाध्यक्ष परियारले पनि सम्बोधन गरेका थिए। तर त्यस क्रममा परियार आयोजकप्रति आक्रोशित हुँदै बोलेका थिए । सम्बोधनको सार्वजनिक भिडिओमा परियार भनिरहेका छन्, ‘साथीहरू यहाँ आयोजक साथीहरूले अलिकति मिस्टेक गर्नुभएको छ । ध्यान त्यता बोल्ने यता हुन सक्दैन साथीहरू, म केन्द्रीय उपाध्यक्ष हो, मैले पनि बोल्न पाउनुपर्छ, ध्यान अन्त मोडिनु हुँदैन । यसअघि अर्का उपाध्यक्ष तामाङलाई भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेपछि श्रम संस्कृति पार्टीले निलम्बन गरेको थियो ।
ताजा समाचार
मधेश प्रदेशमा सभामुख पदको निर्वाचन हुँदै
जनकपुरधाम । मधेश प्रदेश सभामा रिक्त सभामुख पदका लागि आज निर्वाचन हुँदैछ । एक महिनाभन्दा लामो समयदेखि रिक्त रहेको मधेस प्रदेशमा सभामुखका लागि निर्वा...
प्रतिनिधिसभा निर्वाचन : प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व...
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन क...
निर्वाचन सार्ने प्रयास भए देशमा दुर्घटना हुन्छ : प्रचण्ड
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि तर्क वा बाहनामा निर्वाचन सार्ने काम नगर्न सरकारलाई चेतावनी दिएका छ...
भदौ २३ का घटनाको जिम्मेवार केपी ओली : ईश्वर पोखरेल
काठमाडौँ । नेकपा एमालेका नेता ईश्वर पोखरेलले भदौ २३ गतेको घटनाको मुख्य जिम्मेवार पार्टी अध्यक्ष केपी ओली नै भएको दाबी गरेका छन् । कार्की बैंक्वेटमा...
एमडिएमएस प्रणाली भ्रष्टाचारको जालोभित्र जकडिएको छ, त्यो च्यात्नैपर्छ : सञ्चारमन्...
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडिएमएसका विषयमा आफू मन्त्री बनेपछि अध्ययन, बुझाइ र समीक...
मधेस प्रदेशको रिक्त सभामुख पदका लागि जसपाका राम असिस यादवको उम्मेदवारी
जनकपुर । मधेस प्रदेश सभामा रिक्त रहेको सभामुख पदको लागि जसपाका प्रमुख सचेतक राम अशिष यादवले उम्मेदवारी दिएका छन् । मधेस प्रदेशमा सात राजनीतिक दलबीच...


