शुक्रबार, २२ साउन २०८३
नेपाली

अन्तर्राष्ट्रिय समाचार

Main News Image

ब्यालेस्टिक मिसाइल प्रक्षेपणपछि विश्वको ध्यान फेरि उत्तर कोरियामा

काठमाण्डौँ । उत्तर कोरियाले आइतबार समुद्रतर्फ लक्षित गर्दै छोटो दूरीका धेरै ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेपछि कोरियाली प्रायद्वीपमा पुनः तनाव चुलिएको छ । संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकायले केही दिनअघि मात्र प्योङयाङले आणविक हतियार विकासमा ‘धेरै गम्भीर’ प्रगति गरेको चेतावनी दिएको पृष्ठभूमिमा भएको यस प्रक्षेपणलाई क्षेत्रीय सुरक्षा दृष्टिले गम्भीर रूपमा हेरिएको छ ।

दक्षिण कोरियाली सेनाका अनुसार उत्तर कोरियाको सिन्पो क्षेत्रबाट प्रहार गरिएका ती मिसाइलहरू करिब १४० किलोमिटर उडेर देशको पूर्वी समुद्री क्षेत्रमा खसेका थिए । यस घटनापछि दक्षिण कोरियाले कुनै पनि सम्भावित उक्साहटको जवाफ दिन पूर्ण तयारीमा रहेको जनाउँदै संयुक्त राज्य अमेरिका र जापानसँग सूचनाको आदानप्रदान तीव्र बनाएको छ ।

ओमान तटमा तेल ट्याङ्करलाई लक्षित अन्धाधुन्ध गोलीबारी

काठमाडौँ । ओमान तटमा तेल ट्याङ्करलाई लक्षित गरी अन्धाधुन्ध गोलीबारी, चालक दल सुरक्षित रहे पनि क्षेत्र तनावग्रस्त इरानी बन्दरगाहहरूमा अमेरिकाले लगाए...

सम्झौता नभए फेरि बमबारी सुरु गर्ने ट्रम्पको चेतावनी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो बुधबारसम्म शत्रुतापूर्ण गतिविधि अन्त्य गर्ने सहमति नभए इरानसँगको युद्धविराम अन्त्य हुन सक्ने च...

हर्मुज जलमार्ग खुलेपछि कच्चा तेलको मूल्य घट्यो

काठमाडौँ । इरानले हर्मुज जलमार्ग व्यावसायिक जहाजका लागि खुला गर्ने घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । अमेरिका–इजरायल र...

पाकिस्तानका प्रधानमन्त्री साउदी अरब र सेना प्रमुख इरान भ्रमणमा : शान्ति वार्ताको...

काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ साउदी अरब र सेना प्रमुख असीम मुनिर इरान पुगेका छन् । जसलाई अमेरिका र इरान बीचको शान्ति वार्ता पुनः...

इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा रिहा, स्वदेश फर्काउने तयारी

काठमाडौँ । इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा बुधबार रिहा भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार इरानको हर्मुज टापु क्षेत्रबाट निय...

अमेरिका-इरान शान्ति वार्ताको पहल : पाकिस्तान सक्रिय

इस्लामावाद । अमेरिका र इरानबीच बढ्दो सैन्य तनावलाई मत्थर पार्न र सम्भावित युद्ध रोक्न पाकिस्तानले निर्णायक मध्यस्थकर्ताको भूमिका खेल्न सुरु गरेको छ...