बुधबार, २१ असोज २०८३
नेपाली

अन्तर्राष्ट्रिय समाचार

Main News Image

उत्तराखण्ड केन्द्रविन्दु भएर ५.१ रेक्टरको भूकम्प, सुदूरपश्चिमका जिल्लाहरूमा पनि महसुस

काठमाण्डौँ । भारतको उत्तराखण्ड केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का नेपालको सुदूरपश्चिम क्षेत्रमा पनि महसुस गरिएको छ। राति २२स्३८ बजे गएको यस भूकम्पको तीव्रता ५.१ रेक्टर स्केल मापन गरिएको छ।

भारतको उत्तराखण्ड राज्यस्थित नेपालको दार्चुलाबाट करिब १०० किलोमिटर पश्चिमलाई केन्द्रविन्दु बनाएर गएको उक्त भूकम्पका कारण दार्चुला, बैतडी, डडेल्धुरा लगायत सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूमा धक्का महसुस गरिएको थियो। रातिको समयमा अचानक घर हल्लिन थालेपछि त्रसित बनेका स्थानीय बासिन्दा घरबाहिर निस्किएका थिए।

भूकम्पबाट हालसम्म कुनै किसिमको मानवीय वा भौतिक क्षति भएको विवरण प्राप्त भएको छैन। स्थानीय प्रशासन तथा सुरक्षा निकायले सुदूरपश्चिमका भूकम्प प्रभावित क्षेत्रहरूमा सम्भावित क्षतिको अवस्था बुझ्ने कार्य भइरहेको जनाएको छ।

अमेरिकामा बिरामी बोकेको विमान समुद्रमा खस्यो, सबैको मृत्यु भएको आशंका

काठमाण्डौँ । अमेरिकाको म्यासाचुसेट्सको तटबाट बेपत्ता भएको मेडिकल ट्रान्सपोर्ट विमानमा रहेका सबै ६ जनाको मृत्यु भएको आशंका गरिएको छ। हार्टबिट १०४ कल...

महासभा सकिएपछि पनि बसेका दुई इरानी कूटनीतिज्ञलाई अमेरिकाले निकाल्यो

काठमाडौँ । अमेरिकाले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर पनि देश छाड्ने आदेश बेवास्ता गरेका दुई इरानी कूटनीतिज्ञलाई अमेरिकाबाट निष्कासन गरेको...

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाण्डौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार गरेका छन् । अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलका अनुसार ट्र...

युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तनाव बढाउने गतिविधिले युक्रेनले खोजेको परिणाम हासिल गर्न नसक्ने र त्यसले अवस्था झनै जटिल बनाउने बताएका छन...

क्यानडाले स्वागत गर्‍यो ईयूको ‘सहयोगी सदस्य’ बन्ने प्रस्ताव

काठमाडौँ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले युरोपेली संघ ईयूको क्यानडालाई पहिलो ‘सहयोगी सदस्य’ बनाउने प्रस्तावको स्वागत गरेका छन् । उनले रक्ष...

बाढीपीडितका लागि पाकिस्तानले पठायो १०० टन मानवीय सहायता

काठमाडौँ । पाकिस्तानले नेपालका बाढी पीडितहरूका लागि १०० टन मानवीय सहायता पठाएको छ । पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण एनडीएमएले पठाए...