अन्तर्राष्ट्रिय समाचार
सम्राट चौधरी बने बिहारका २४ औँ मुख्यमन्त्री
पटना । सम्राट चौधरी भारतको बिहार राज्यका २४ औँ मुख्यमन्त्री बनेका छन् । चौधरीले बिहारको २४ औं मुख्यमन्त्रीको रूपमा बुधबार बिहान शपथ लिएका छन् । जेडीयू कोटाबाट विजय चौधरी र बिजेन्द्र यादवले पनि उपमुख्यमन्त्रीको रूपमा शपथ लिएका छन् । शपथ ग्रहण समारोहमा नितिश कुमार पनि उपस्थित थिए ।
नेपालसँग सीमा जोडिएका कारण पनि बिहारको बारेमा चासो हुने गर्दछ । निवर्तमान मुख्यमन्त्री नीतिश कुमारले पदबाट राजीनामा दिएसँगै भारतीय जनता पार्टीका सम्राट चौधरीले शपथ लिएका हुन् । एनडीए गठबन्धनबाटै मुख्यमन्त्री बनेका नीतिश कुमारले ३० मार्चमा बिहार विधानसभा परिषद् एमएलसीबाट राजीनामा दिएर भारतको माथिल्लो सदन राज्यसभा सदस्यमा उम्मेदवारी घोषणा गरेका थिए । चौधरी उनको सरकारमा उपमुख्यमन्त्री थिए । एनडीए गठबन्धनमा भाजपा ८८ सिटसहित सबैभन्दा ठूलो दल हो । ५७ वर्षीय चौधरी तारापुरबाट विधानसभामा छानिएका हुन् ।
ताजा समाचार
इरान युद्ध लम्बिँदा आर्थिक वृद्धिदर २ प्रतिशतभन्दा तल झर्न सक्ने आईएमएफको चेतावन...
काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले इरान युद्ध लामो समयसम्म जारी रहँदा र ऊर्जा मूल्य उच्च भइरहेमा विश्व अर्थतन्त्र मन्दीतर्फ धकेलिन सक्न...
हिन्द महासागरम डुङ्गा दुर्घटना हुँदा २५० जना बेपत्ता
काठमाडौँ । बंगलादेशबाट मलेशियातर्फ जाँदै गरेको डुङ्गा हिन्द महासागरको पूर्वी किनारस्थित अण्डमान सागरमा दुर्घटनाग्रस्त हुँदा करिब २५० जना बेपत्ता भए...
अमेरिका र इरानबीच पुनः वार्ताको तयारी
काठमाण्डौँ । अमेरिका र इरानबीचको तनाव कम गर्ने उद्देश्यले पाकिस्तानको इस्लामावादमा दोस्रो चरणको उच्चस्तरीय शान्ति वार्ता पुनः सुरु हुने भएको छ । अम...
ट्रम्पको कर लगाउने धम्कीपछि चीनले दियो यस्तो जवाफ
काठमाडौँ । चीनले इरानलाई हतियार आपूर्ति गरेको आरोपलाई आधारहीन र दुर्भावनापूर्ण भन्दै अस्वीकार गरेको छ । अमेरिकी चेतावनी र अन्तर्राष्ट्रिय सञ्चारमाध...
वार्ता असफल भएपछि होर्मुज सदाका लागि बन्द गरिदिने ट्रम्पको धम्की
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नियन्त्रणमा रहेको स्ट्रेट अफ होर्मुज सदाका लागि बन्द गर्न सकिने चेतावनी दिएका छन् । इरानले अव...
इरान-अमेरिका शान्ति वार्ता निष्कर्षविहीन
काठमाडौँ । अमेरिका र इरानबीच पाकिस्तानमा २१ घण्टासम्म चलेको उच्चस्तरीय शान्ति वार्ता निष्कर्षबिहीन भएको छ । पाकिस्तानको मध्यस्थतामा भएको वार्तामा स...


