शनिबार, २३ साउन २०८३
नेपाली

समाज/संस्कृति

Main News Image

नेपाल-चीन महिला सहकार्यको ऐतिहासिक सम्मेलन

काठमाडौँ । जनवादी गणतन्त्र चीनको सिजाङ तिब्बत प्रान्तको परराष्ट्र मामिला कार्यालयको निमन्त्रणामा आयोजित महिला सम्मेलनमा नेपाल–चीन महिला सहकार्य गर्ने विषयमा छलफल भएको छ । यही मङ्सिर ८ गतेदेखि १२ गतेसम्म सिजाङ स्वायत्त क्षेत्रको ल्हासा सहरमा भएको उक्त सम्मेलनमा महिला अधिकार, कानून र तिब्बती उपचार पद्धतिका साथै महिला उद्यमशीलता, पर्यटन, जडीबुटी र हस्तकलाको विकासमा दुवै देशबीच सहकार्यका सम्बन्धमा छलफल भएको छ ।

सम्मेलनमा आदिवासी जनजाति आयोगकी सदस्य रीना रानाले नेपाली महिला प्रतिनिधिमण्डलको नेतृत्व गरेकी थिइन्। नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० वर्षे यात्रामा दुवै देशका महिलाबीचको यो पहिलो औपचारिक महिला सम्मेलन हो । सम्मेलनले दुई देशबीचको मैत्रीपूर्ण सहकार्य अझ सुदृढ गर्दै महिला विकासका नयाँ मार्गहरू पहिचान गरेको आयोगका सदस्य रानाको भनाइ छ ।

समावेशी नेपाली प्रतिनिधिमण्डलमा महिला उद्यमी महासङ्घ नेपालकी अध्यक्ष शोभा ज्ञवाली, उपाध्यक्ष सुनिता वैद्य श्रेष्ठ, राष्ट्रिय समाचार समिति ९रासस० की पत्रकार कालिका खड्का, उद्योग परिसङ्घ युवा उद्यमी मञ्चकी उपाध्यक्ष निदा डोन मल्ललगायतको सहभागिता रहेको थियो ।

नेपाली प्रतिनिधिमण्डलले तिब्बती उपाचार पद्धतिको अवलोकनका क्रममा सहभागीहरूको स्वास्थ्य परीक्षणसमेत गरिएका थिए । आयोगकी सदस्य रानाले स्वास्थ्य परीक्षणपछि भनिन्, ‘तिब्बती उपचार पद्धति सस्तो, सरल र नेपाली आदिवासी उपचार विधिसँग अत्यन्त मिल्दोजुल्दो रहेछ, नेपालमै यसका तालिम उपलब्ध गराउने सम्भावना सकारात्मक रूपमा व्यक्त गरिएको छ, जुन असाध्यै राम्रो हो ।’

महिला अधिकारबाट आर्थिक विकाससम्म कार्यक्रममा नेपाल र चीनका महिलाबीच–महिला अधिकारका कानूनी विकास, सरकारी सेवा प्राप्तिमा महिलाको अवस्था, स्वास्थ्य, शिक्षा र उद्यमशीलताबारे विस्तृत रुपमा छलफल भएको थियो । महिलाको आर्थिक उत्पादन, सामाजिक पहुँच र नेतृत्व विकासका क्षेत्रमा दुवै देशका प्रतिनिधिबीच अनुभव र विचार साटासाट गरिएको थियो ।

सम्मेलनमा सिजेङ प्रान्तका वैदेशिक मामिला कार्यालयकी उपमहानिर्देशक ओयाङ झिबिङले सम्मेलनलाई नेपाल–चीन मित्रताको ७० वर्षमा महिलामार्फत सुरु भएको पहिलो औपचारिक सहकार्य भएकाप्रति खुसी व्यक्त गरिन् ।

हेटौंडा बजारमा सडक विस्तार सुरु, यातायात व्यवस्थापन सहज बनाउन वैकल्पिक रुट लागू...

हेटौंडा । पूर्वपश्चिम राजमार्ग तथा त्रिभुवन राजपथअन्तर्गत हेटौंडा बजार क्षेत्रमा सुरु भएको सडक विस्तारका कारण यातायात...

अपांगता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ । अपांगता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । सरकार, सरोकारवाला...

तीन सवारीसाधन एक आपसमा ठोक्किँदा चालकसहित सात जना घाइते

रौतहट । रौतहटमा तीन सवारीसाधन एक आपसमा ठोक्किँदा चालकसहित सात जना घाइते भएका छन् । दुर्गाभगवती गाउँपालिका वडा नम्बर ५...

सशस्त्र प्रहरीका लागि थप गरिएको तीन डिआइजी पद तत्काललाई होल्ड

काठमाडौँ । सरकारले सशस्त्र प्रहरीका लागि थप गरिएको तीन डिआइजी पद तत्काललाई होल्डमा राखेको छ । गृहमन्त्री ओमप्रकाश अर्य...

आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदै

काठमाडौँ । विश्वका विभिन्न मुलुकमा आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदैछ । मानव तस्करी, जबरजस्ती श्रम, यौन शो...

काठमाडौंका मेयर बालेनलाई पितृशोक

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनका बुवा रामनारायण शाहको निधन भएको छ । अस्वस्थ भएसँगै आइतबार...