आइतबार, १५ कात्तिक २०८३
नेपाली

तीन सवारीसाधन एक आपसमा ठोक्किँदा चालकसहित सात जना घाइते

Main News Image

रौतहट । रौतहटमा तीन सवारीसाधन एक आपसमा ठोक्किँदा चालकसहित सात जना घाइते भएका छन् । दुर्गाभगवती गाउँपालिका वडा नम्बर ५ बरहर्वा भएको हुलाकी सडक हुँदै बम नहर तर्फ जाँदै गरेको एचआर २८ डि ७२२२ नम्बरको भारतीय स्कार्पियोले चन्द्रनिगाहपुरबाट गौरतर्फ गइरहेको बिआर ०७ पिए ७५८४ नम्बरको भारतीय स्कार्पियोलाई ठक्कर दिएको थियो ।

स्कार्पियोमा ठक्कर दिएपछि सोही स्थानमा रोकिएको ना २ ह ६५२५ नम्बरको अटोमा समेत ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्णु प्रदिप बस्यालका अनुसार सवारी दुर्घटनाका कारण सडकछेउमा रहेको विजय साहको होटलमा समेत क्षति पुगेको छ ।

बारा आदर्श कोतवाल गाउँपालिका वडा ७ का ३० वर्षीय पवन यादव, सर्लाही बरहथवा नगरपालिका वडा नं। १४ का ११ वर्षीय अंकित महतो, गौर नगरपालिका वडा नं। २ का २४ वर्षीय सुरेन्द्र कुमार साह, राजदेवी नगरपालिका वडा नं ८ का ५० वर्षीय शिवजी साह, ५२ वर्षीय रामदयाल साह, अटो चालक यमुनामाई गाउँपालिका वडा नं  ५ का ३९ वर्षीय मंगल पटेल र अटोमा सवार राजपुर नगरपालिका वडा नं ३ का १० वर्षीय तारिक वस्ता घाइते भएको डिएसपी बस्यालले बताए । गौर–चन्द्रनिगाहपुर सडकखण्डअन्तर्गत पर्ने बम नहर चौक नजिक मंगलबार बिहान सवारी दुर्घटना भएको थियो ।

घाइतेहरुको प्रादेशिक अस्पताल गौरमा उपचार पश्चात् डिस्चार्ज गरिएको र दुर्घटनामा संलग्न तीनै सवारी साधनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

 

mediabaaji add

सम्बन्धित खबर

विपिन जोशीको शव आज काठमाडौं आइपुग्ने

काठमाडौँ । विद्रोही समूह हमासको अपहरणमा परेर मारिएका कञ्चनपुरका विपिन जोशीको शव आज नेपाल ल्याइँदै छ । जोशीको शव फ्लाई दुबईको उडानमार्फत दिउँसो २ः३५ बजे काठमाडौं आइपुग्ने छ । पार्थिव शरीरको सम्मानपूर्वक स्वागत तथा स्थान...

आज देशभर मौसम मुख्यतया सफा रहने, एक दुई स्थानमा हल्का वर्षा !

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम मुख्यतया सफा रहनेछ । विभागका अनुसार कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा कोशी प्रदेश, बागमती प्र...

एकैदिन मुस्ताङ भित्रिए सात हजार पर्यटक

मुस्ताङ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा एकैदिन छ हजार ८५९ पर्यटक भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार तिहारको भाइटीका सकिएको पहिलो दिन राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग हुँदै उक्त सङ्ख्यामा...

कञ्चनजंगा आधार शिविर सुनसान

ताप्लेजुङ । ताप्लेजुङस्थित नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजंघाको आधार शिविर क्षेत्र अहिले सुनसान बनेको छ । अहिलेको पर्यटकीय मौसमअर्थात् भ्रमण गर्ने याम सकिएसँगै कञ्चनजंघा आधार शिविर क्षेत्र सुनसान बनेको हो ।

पर्यटकीय मौसममा पर्यटकले भरिभराउ...

मौसम पूर्वानुमान : आज देशभर वर्षाको सम्भावना

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र...

पशुपतिनाथमा महाशिवरात्रीको तयारी तिब्र

काठमाडौँ । पशुपतिनाथमा यस वर्षको महाशिवरात्रीको तयारी तिब्र पारिएको छ ।  पशुपति क्षेत्र विकास कोषले मन्दिर परिसरमा मर्मत, सरसफाई र रंगरोगन गरिरहेको छ । यही फागुन ३ गते आइतबार त्रयोदशीका दिन पर्ने महाशिवरात्री पर्वमा पशुपति क्षेत्रमा दर्शन गर्...