शनिबार, २३ साउन २०८३
नेपाली

समाज/संस्कृति

Main News Image

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन पुस लागेयता बढ्दै गएको जाडोले प्रभावित बनेको छ । पुस लागेसँगै ह्वात्तै बढेको चिसोले गरिब बस्ती बढी प्रभावित भएका छन् । जिल्लाको दक्षिणी क्षेत्रमा पुस लागेसँगै बिहानदेखि नै मध्याह्नसम्म बाक्लो हुस्सुले ढाकेर चिसो बतास चल्न थालेसँगै गरिब बस्तीको बिजोग बढेको हो ।

“यतातिर गत बुधबारदेखि नै मध्यान्हसम्म बाक्लो हुस्सुले ढाक्दै आएको छ, लगातारको चिसो बतासले काममा निस्कन सकिएको छैन”, जिल्लाको सुदूर दक्षिणपूर्वी भेगको मटिहानी ८ का ३० वर्षीय युवा इसराफूल राइन भन्छन्, “यसले जीवन गुजारामै सकस बढाएको छ ।”

जिल्लाको दक्षिणी क्षेत्रमा लाग्दो पुससँगै हुस्सु बढे पनि सुदूर उत्तरी क्षेत्रमा भने गत शुक्रबारदेखि योक्रम बढेको हो । बर्दिवास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्रमा गत बिहीबारसम्म झलमल्ल घाम लागको थियो । “बिहीबारसम्म त कति राम्रो मौसम थियो, शुक्रबार एक्कासी डम्म हुस्सुले ढाक्यो, त्यसयता जाडो निकै बढ्यो”, गौशाला–१० बटौवा बस्तीका ७० वर्षीय लक्ष्मीप्रसाद कुशवाहा भन्छन्, “यो बढ्दो चिसोले अब धेरै टिकिन्न कि जस्तो बनाइसक्यो।” मध्याह्नपछि हुस्सु फाट्दै गए पनि पारिलो घाम लाग्न नसक्दा र दिनभरि नै चिसो बतास चलिरहँदा जाडोले कुनै काममा निस्कन नसकेको उनको भनाइ छ ।


बंगलादेशमा हिन्दुमाथि भएको हत्याको विरोधमा प्रदर्शन, पूर्व-पश्चिम राजमार्ग अवरुद...

सिरहा । बंगलादेशमा हिन्दु धर्म मान्ने दिपुचन्द्र दासमाथि कुटपिट गरी हत्या गरिएको र मृत्युपछि समेत अमानवीय व्यवहार गरिएको घटनाको विरोधमा सिरहामा प्र...

जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत

काठमाडौँ । दोस्रो विश्व ध्यान दिवसका अवसरमा नेपालले पहिलो पटक संयुक्त राष्ट्रसंघमा विशेष प्रस्तुती दिएको छ । नेपालको प्रतिनिधित्व गर्दै जीवन विज्ञा...

आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौँ । संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै छ । संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रुपमा मन...

वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज

काठमाडौँ । वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज गरिएको छ । यसअघि परीक्षण शुल्क छ हजार ५०० बाट बढाएर नौ हजार ५०० पुर्‍या...

सुदूरपश्चिमका पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ । देशको तराई तथा उप...

भेरी अस्पतालले मृत भनेर घर पठाएका शिशु जीवितै, अस्पतालले माग्यो माफी

काठमाडौँ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालले जीवितै बच्चालाई मृत भनेर घर पठाइदिएको खुलेको छ । घटना विवरणअनुसार गएको मंसिर २५ गते अस्पतालको लेबर...