बिहिबार, १७ वैशाख २०८३
नेपाली

आर्थिक खबर

Main News Image

नेप्सेमा २७.१९ अंकको वृद्धि, ११ अर्ब ५८ करोड माथिको कारोबार

काठमाडौँ । साताको पाँचौ कारोबार दिन नेप्से परिसूचक २७.१९ अंकले बढेर २७०८.७० को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२६ कम्पनीको ३ करोड ५५ लाख ७४ हजार ६२७ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ५८ करोड २८ लाखको सेयर कारोबार भएको छ । आज २०१ कम्पनीको सेयर मूल्य बढ्दा ५५ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज युनियन हाइड्रोपावरको सर्वाधिक ५८ करोड ७७ लाख रुपैयाँ माथिको कारोबार भएको छ । दोस्रोमा राधी विद्युतको ५७ करोड ५० लाख रुपैयाँ र तेस्रोमा एसवाई प्यानलको ५३ करोड ७४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यसदिन ३ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज कालिञ्चोक दर्शन, सुपरमाई हाइड्रोपावर र मोदी इनर्जीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । यस्तै, रिदी पावरका लगानीकर्ताले ९.९७ प्रतिशत र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ९.९६ प्रतिशतका दरले कमाएका छन् । 


सामलिङ पावरले हकप्रद निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एसबिआई मर्चेन्ट बैंकिङ नि...

काठमाडौँ । सामलिङ पावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर प्रबन्धकका लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई नियुक्त गर...

मोदी ईनर्जीले विद्युत नियमन आयोगबाट पायो हकप्रद सेयर निष्कासनको प्रारम्भिक स्वीक...

काठमाडौँ । मोदी ईनर्जी लिमिटेडले हकप्रद सेयर निष्कास गर्नका लागि विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति पाएको छ । कम्पनीले चुक्ता पूँजीको १ बराबर १ क...

आज ६ हजार ४० सिलिन्डर ग्यास वितरण गरिदैँ

काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना हुन नदिन निगरानी बढाउँदै उपभोक्तालाई अनावश्यक भण्डारण स्टक नगर्न आग्रह...

सुनचाँदीको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ९ हजार ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार बिहीब...

आजदेखि यी कम्पनीको आईपीओ खुल्ला

काठमाडौँ । आजदेखि होटल फरेष्ट इन लिमिटेडको आईपीओ सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि ३३...

सहकारी संस्थाले बहालमा लिएका घर–कोठा ७ दिनभित्र खाली गर्न काठमाडौं महानगरको सूचन...

काठमाडौँ । काठमाडौं महानगरपालिकाले सहकारी संस्थाले बहालमा लिएका घर तथा कोठा खाली गर्न सम्बन्धित पक्षलाई ७ दिनभित्र सम्पर्क गर्न आग्रह गरेको छ । काठ...