आर्थिक खबर
खाना पकाउने ग्यास मागभन्दा २५ बुलेट बढी आयात भइरहेको निगमको दाबी
काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्टले बजारमा खाना पकाउने ग्यासको अभाव नभएको स्पष्ट पारेका छन् । पछिल्लो समय ग्यास अभाव हुन लागेको भन्दै चलेको हल्ला निराधार रहेको बताउँदै उनले उपभोक्तालाई नआत्तिन आग्रह गरेका हुन् । बुधबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भट्टले ग्यासको आपूर्ति प्रणाली सहज र पर्याप्त रहेको बताए ।
उनले दैनिक उपभोगको माग धान्न सक्ने गरी नियमित रूपमा ग्यास आयात भइरहेको दाबी गरेका छन् । भट्टका अनुसार नेपालमा हाल दैनिक सरदर ९० बुलेट ग्यास करिब १ लाख १४ हजार सिलिन्डरको माग छ। तर, पछिल्ला दिनहरूमा मागभन्दा बढी परिमाणमा इन्डियन आयल कर्पोरेसन आईओसी बाट ग्यास लोड भइरहेको छ ।
उनले शनिबार ११८ बुलेट करिब १ लाख ४९ हजार ५ सय सिलिन्डर, सोमबार ११५ बुलेट र मंगलबार १३२ बुलेट ग्यास लोड भएको उल्लेख गरे । तीमध्ये केही बुलेट नेपाल भित्रिसकेको र केही बाटोमा रहेका छन् । आपूर्ति सहज रहेकाले अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न उनले उपभोक्तालाई आग्रह गरेका छन् । साथै, आसन्न निर्वाचनको अवधिमा पनि हालकै परिमाणमा ग्यास आपूर्ति निरन्तर रहने निगमले स्पष्ट पारेको छ ।
ताजा समाचार
कान्छारामसहित ९ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय
काठमाण्डौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रालि सहित ९ वटा निर्माण व्यवसायी तथा आप...
अमेरिकी डलर र पाउन्डको मूल्य बढ्यो : यस्तो छ आजको विदेशी मुद्राको सटही दर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको नयाँ सटही दर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलरको भाउ...
आज सामान्य अंकले घट्यो नेप्से, ७ अर्ब ४९ करोडमा झर्यो कारोबार
काठमाडौँ । साताको चौथो कारोबार दिन नेप्से परिसूचक १.६४ अंकले घटेर २६८१.५० को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२६ कम्पनीको १ करोड ६६ लाख ८२ हजार...
एलपी ग्यास अभावको हल्ला निराधार : प्रबन्ध निर्देशक भट्ट
काठमाडौं। एलपी ग्यास अभावको हल्ला निराधार भएको नेपाल आयल निगमका प्रबन्ध निर्देशक चण्डीका प्रसाद भट्टले बताएका छन् । पछिल्लो समय बजारमा एलपी ग्यास अ...
सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनमा भारी बृद्धि छ । मंगलबारको तुलनामा बुधबार छापावाल सुनको मूल्य प्रतितोला १४ हजार ४०० रुपैयाँले बढेको नेपाल सुनच...
सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’
काठमाण्डौँ । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा निमार्णाधीन सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ छिचोलिएको छ । सभाखोलाको पानीलाई प्रयोग गरी निर्म...


