बिहिबार, १७ वैशाख २०८३
नेपाली

आर्थिक खबर

Main News Image

बजारमा खाना पकाउने ग्यासको अभाव, निगमले थाल्यो केन्द्रीय कार्यालयबाटै बिक्री वितरण

काठमाडौँ । बजारमा खाना पकाउने ग्यास एलपीजीको अभाव भएको गुनासो बढ्दै गएपछि नेपाल आयल निगमले सर्वसाधारणका लागि टेकुस्थित केन्द्रीय कार्यालयबाटै ग्यास बिक्री वितरण सुरु गरेको छ । विभिन्न डिलरहरूमा ग्यास नपाइएको भन्दै उपभोक्ताबाट निरन्तर गुनासो आएपछि निगमले कार्यालय परिसरमै काउन्टर स्थापना गरी प्रत्यक्ष बिक्रीको व्यवस्था मिलाएको हो ।

निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार हाल नेपाल ग्यास को वितरण सुरु भइसकेको छ भने एभरेस्ट ग्यास र सुगम ग्यास का काउन्टर पनि छिट्टै सञ्चालनमा ल्याइने तयारी छ। ‘जसलाई ग्यास अत्यावश्यक छ र आफ्ना नियमित डिलरबाट पाउनुभएको छैन, उहाँहरूले खाली सिलिन्डर लिएर टेकु कार्यालयमा आए सहज रूपमा ग्यास लिन सक्नुहुन्छ,’ उनले बताए ।

बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना भएको हल्ला चलिरहेको सन्दर्भमा निगमले भने आयात र आपूर्तिमा कुनै समस्या नरहेको स्पष्ट पारेको छ। भन्सारको तथ्यांकअनुसार मागअनुसार नै एलपीजी आयात भइरहेको र आपूर्ति व्यवस्थापन सामान्य अवस्थामा रहेको निगमको दाबी छ ।

नेप्सेमा सामान्य अंकको गिरावट, ८ अर्ब ६९ करोडको कारोबार

काठमाडौँ । साताको चौथो कारोबार दिन नेप्से परिसूचक  ०.०४ अंकले घटेर २६६२.०९ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२९ कम्पनीको २ करोड २२ लाख ८२...

पाल्पा सिमेन्टले फागुन १२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

काठमाडौँ । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले आउँदो फागुन १२ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ। कम्पनीले...

साहस ऊर्जा र एनआरएन इन्फ्रास्ट्रक्चरले शतप्रतिशत हकप्रद निष्कासन गर्ने, धितोपत्र...

काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा दुई कम्पनीले हकप्रद निष्कासनको अनुमति मागेका छन् । साहस ऊर्जा लिमिटेड र एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटे...

बैंकिङ प्रणालीमा अधिक तरलता, आज ५० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज माघ २८ गते फेरि ५० अर्ब रुपैयाँ तान्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले नि...

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, प्रतितोला कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघक...

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको विनिमयदर (सूचीसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैय...