आर्थिक खबर
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, प्रतिलिटर कति ?
काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ। नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य समायोजन गरेको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर एक रूपैयाँ, डिजल र मट्टीतेलमा प्रतिलिटर तीन रूपैयाँले मूल्य बढेको छ। नयाँ मूल्यअनुसार, काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५६ रूपैयाँ कायम भएको छ ।
त्यसैगरी सुर्खेत र दाङमा भने प्रतिलिटर १ सय ५५ रूपैयाँ तय गरिएको छ । चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५३ रुपैयाँ ५० पैसा कायम भएको छ। यसैगरी, मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ४२ रूपैयाँ कायम भएको निगमले जनाएको छ।
ताजा समाचार
पृथ्वी राजमार्गअन्तर्गत ११ किलोमिटर नागढुङ्गा-मलेखु खण्ड कालोपत्र
चितवन । पृथ्वी राजमार्गअन्तर्गत ११ किलोमिटर नागढुङ्गा मलेखु खण्ड कालोपत्र भएको छ । गत वर्ष आठ किलोमिटर कालोपत्र गरिएकामा यस वर्ष थप तीन किलोमिटर का...
तम्घास-बुर्तिबाङ १३२ केभी प्रसारण लाइनको परीक्षण सुरु
काठमाण्डौँ । नेपाल विद्युत् प्राधिकरणद्वारा गुल्मी सदरमुकाम तम्घासबाट बुर्तिबाङसम्म निर्माण भएको १३२ केभी डबल सर्किट...
हिमाली हाईड्रो फण्डले बोलायो साधारणसभा, आईपीओ प्रस्ताव पारित गर्ने
काठमाडौँ । हिमाली हाईड्रो फण्ड लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न...
सुनको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?
काठमाडौँ । आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले बढेको हो ।
...
लगातार घट्दै आएको अस्ट्रेलियन डलर, युरो र पाउन्डको विनिमयदर आज कति ?
काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कु...
नेशनल लाईफद्धारा मधेश प्रदेशका सिइओ क्लब सदस्यहरु सम्मानित
काठमाण्डौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले जनकपुर स्थित मिथिला यात्रीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतज्यूको सभापतित्वमा सिइेओ क्लब सदस्य...


