बिहिबार, ०३ वैशाख २०८३
नेपाली

अपराध/ सुरक्षा

Main News Image

काठमाडौंमा श्रृंखलावद्ध चोरी गर्नेलाई प्रहरीले गोली हानेर समात्यो

काठमाडौँ । काठमाडौं महानगरपालिका-६, बौद्ध टुसालस्थित रिन्जी लामाको घरबाट करिब १ करोड ४ लाख ५३ हजार रुपैयाँ बराबरको ६५ तोला सुन तथा चाँदीका गहना चोरी गर्ने व्यक्तिलाई प्रहरीले गोली प्रहार गरेर पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धको टोलीले नेपालगञ्ज घर भएका प्रेम थारुलाई गएराति नागार्जुन नगरपालिकाको महांकालबाट नियन्त्रणमा लिन खोज्दा भाग्न खोजेपछि प्रहरीले खुट्टामा एक राउण्ड गोली प्रहार गरेर नियन्त्रणमा लिएको हो ।

प्रहरीको गोली लागेर घाइते थारुको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरी अनुसन्धानका अनुसार थारु मंगलबार दिउँसो १२ बजेतिर रिन्जी लामाको घरमा प्रवेश गरेका थिए ।

त्रिभुवन विमानस्थलमा सरसफाइ कर्मचारी पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरसफाइ गर्ने एक कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनगाभा सगरमाथा सर्भिस प्रालि कम्पनीमार्...

पेस्तोलसहित ललितपुरबाट तीन जना पक्राउ

ललितपुर । पेस्तोलसहित ललितपुरबाट प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्यूरोले ललितपुरबाट तीन जनालाई नियन्त्र...

चोरीको मोटरसाइकलसहित एक युवक पक्राउ

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ बाट चोरीको मोटरसाइकलसहित एक युवकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।...

कारभित्र लुकाइराखेको अवस्थामा दश किलो गाँजासहित तीन जना पक्राउ

काठमाडौँ ।  मकवानपुर प्रहरीले मनहरी गाउँपालिका–९ ज्यामिरेबाट १० किलो १२४ ग्राम लागूऔषध गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल...

साइबर ब्यूरो कार्यालय भवन काठमाडौँ महानगरपालिकाले लियो

काठमाडौँ । गृह मन्त्रालयले काठमाडौँ महानगरपालिका–२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर ब्यूरो कार्यालय रहेको भवन काठमाडौँ महानगरपालिकालाई प्रयोग गर्न...

बालेनको घरमा चोरीको आशंका, गेट फुटाइयो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनको काठमाडौंस्थित घरमा चोरीको आशमकामा प...