नयाँ संसद भवनको सुरक्षा अवस्थाबारे उच्च प्रहरी अधिकृतले गरे निरीक्षण
काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी ईश्वर कार्कीले सिंहदरबार क्षेत्रस्थित निर्माणाधीन संघीय संसद् भवनको सुरक्षा अवस्थाबारे स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा एआईजी कार्कीसँगै प्रहरीका वरिष्ठ अधिकृतहरू तथा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीसमेत सहभागी थिए।
टोलीले अस्थायी रूपमा तयार पारिएको बहुउद्देश्यीय हलको अवलोकन गर्दै आगामी कार्यक्रमलाई लक्षित गरी सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन आवश्यक निर्देशन दिएको छ ।
त्यसैगरी, भवन परिसरभित्र रहेको केन्द्रीय लबी र प्रतिनिधिसभा कक्ष निर्माण भइरहेको स्थानको समेत अवलोकन गरिएको छ। निर्माण कार्यको प्रगति, सम्भावित जोखिम तथा सुरक्षा चुनौतीबारे जानकारी लिइएको जनाइएको छ । निरीक्षणपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै एआईजी कार्कीले भवनको सुरक्षा व्यवस्था, यातायात व्यवस्थापन तथा समग्र निर्माण प्रगतिबारे जानकारी लिइएको बताए ।
एक्सप्रेस
सम्बन्धित खबर
चुनाव विरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा कडा
काठमाडौँ । देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले निर्वाचनविरोधी गतिविधि गर्ने, ‘मिस इनफरमेसन...
दुर्गा प्रसाईंविरुद्धको प्रहरी अनुसन्धान पूरा
काठमाडौँ । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईंविरुद्धको अनुसन्धान पूरा गरी प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले सोमबार अनुसन्धान प्रतिव...
निर्वाचन प्रहरीको बिदाइ बिहीबार हुने
काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ । निर्वाचनको सुरक्षाका लागि काठमाडौंमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक ह...
गोरेलाई थप १० वर्ष कैद, तर सुन काण्डमा संगठित अपराध पुष्टि भएन
मोरङ । मोरङको उर्लाबारीमा सनम शाक्यको विभत्स हत्या प्रकरणमा मुख्य अभियुक्त ‘गोरे’ भनिने चुडामणि उप्रेतीलाई उच्च अदालत विराटनगरले थप १० वर्ष कैद सजाय सुनाएको छ । तर, बहुचर्चित ३८ क्विन्टल सुन तस्करी प्रकरणमा भने...
इँटाभट्टाको पर्खाल भत्किँदा एकको मृत्यु, चार जना घाइते
काठमाडौँ । ललितपुरमा इँटाभट्टाको पर्खाल भत्किँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । आइतबार बिहान करिब १० बजे हरिसिद्धिस्थित होसना इँटाभट्टामा पर्खाल भत्किँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
पर्खालको...
रौतहटको गौरमा कर्फ्यू आदेश जारी
काठमाडौँ । रौतहटको गौरमा दुइ समुदायबीचको झडप हुँदा प्रशासनले स्थिति नियन्त्रणमा लिनका लागि कर्फ्यू आदेश जारी गरेको छ । रौतहटको गौर नगरपालिका वडा नं ६ सपगडा टोलमा विवाहको बाजा बजाउदै गइरहेका जन्तीमाथि फरक समूदायले अवरोध खडा गरेपछि भएको विवादले उग्र...



