केपी ओलीलाई योगेशको जवाफ : एमालेलाई बहुआयामिक पुनर्गठन गर्न चाहन्छौँ
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीभित्र बहुआयामिक पुनर्गठनको आवश्यकता रहेको बताएका छन् । नेकपा एमालेका अध्यक्ष केपी ओलीले केही नेताहरूले उपद्रो मच्चाउँदै आफ्नै राजीनामा मागेको भन्दै असन्तुष्टि जनाएपछि भट्टराईले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पार्टी पुनर्गठनको आवश्यकता औँल्याएका हुन् ।
उनले अध्यक्ष ओलीमाथि लक्षित टिप्पणी गर्दै पार्टीलाई नयाँ स्वरूपमा पुनर्गठन गर्नुपर्ने धारणा राखेका हुन् । भट्टराईले शनिबार फेसबुकमा भनेका छन्, ुकमरेड मदन भण्डारीले प्रतिपादन गर्नुभएको विचारका आधारमा पार्टीलाई बहुआयामिक पुनर्गठन गरी नयाँ चुनौतीको सामना गर्न एकताबद्ध बन्नुपर्छ।ु
२३ र २४ गतेको जेनजी आन्दोलनपछि भट्टराई पार्टी पुनर्गठनको पक्षमा उभिएका छन् । तर संस्थापन पक्ष भने अझै पनि ओलीको नेतृत्वमा अडिग देखिन्छ र अन्य वैकल्पिक धारणा स्वीकृत गर्ने तयारी देखिँदैन। यता विद्या भण्डारी निकट समूहले आगामी ११औँ महाधिवेशनमा अध्यक्ष ओलीविरुद्ध ईश्वर पोखरेललाई नेतृत्वको प्रतिस्पर्धामा उतार्ने तयारी गरेको बताइएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
रास्वपाबाट उम्मेदवार सिफारिस कुँवरले त्यागे पार्टी
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा रुपन्देहीका एक नेताले पार्टी परित्याग गरेका छन् । रास्वपाबाट रुपन्देही–१ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार सिफारिस भएका डा। श्री कुँवरले पार्टी परित्याग गरेका हुन् । पार्टीले प्राइमरी इलेक्सन गरे...
बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय
बागमती । बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन तथा व्यवस्थापन ओएनएम सर्वेक्षणसम्बन्धी खाका स्वीकृत गर्दै हाल कायम दरबन्दीमध्ये १३४ पद घटाउने निर्णय गरेको छ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशअन्तर्गत कार...
मन्त्री र सचिवलाई प्रधानमन्त्री कार्कीको निर्देशन : नागरिकले महसुस गर्ने गरी काम गर्नू
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री र सचिवहरूलाई १४ बुँदे निर्देशन दिँदै हरेक मन्त्रालयले नागरिकले महसुस गर्ने गरी काम गर्न आग्रह गरेकी छन् । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयम...



