शुक्रबार, १३ कात्तिक २०८३
नेपाली

नक्कली सर्टिफिकेटले सहायक निरीक्षक हुँदै अनुसन्धान अधिकृत, अहिले अख्तियारको फन्दामा

Main News Image

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत ठाकुर प्रसाद केसीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश तथा बढुवा भएको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

अख्तियारका अनुसार केसीले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेशअन्तर्गतको बोर्ड अफ हाई स्कुल एन्ड इन्टरमिडिएट एजुकेसनबाट जारी भएको हाईस्कुल तहको झुट्टा तथा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेका थिए ।

उक्त प्रमाणपत्रका आधारमा उनले तत्कालीन समयमा राष्ट्रिय अनुसन्धान विभागमा सहायक निरीक्षक पदमा नियुक्ति लिएको र पछि सोही प्रमाणपत्र पटक–पटक बढुवा तथा पदोन्नतिका लागि पेस गरेको अनुसन्धानबाट देखिएको अख्तियारले जनाएको छ ।

आयोगका अनुसार केसी सोही प्रमाणपत्रका आधारमा २०६६ सालमा वरिष्ठ अनुसन्धान सहायक, २०७३ सालमा अनुसन्धान अधिकृत र २०८१ सालमा प्रमुख अनुसन्धान अधिकृत पदमा बढुवा भएका थिए । 

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा नियुक्ति तथा बढुवा भएको कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ बमोजिमको कसुर भएको आयोगले जनाएको छ।

आयोगले केसीलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा २ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिम कैद र जरिवानाको सजाय माग गर्दै बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।


mediabaaji add

सम्बन्धित खबर

मनसुन थप प्रदेशमा विस्तार हुँदै

काठमाडौँ ।  नेपालमा मनसुनी वायु क्रमशः देशभर विस्तार हुने क्रममा रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्रका साथै गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी भेगमा मनसुनको प्रभाव परिसकेको छ भने...

यी क्षेत्रमा भारी वर्षाको सम्भावना, सचेत रहन बिभागको आग्रह

काठमाण्डौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशभर साधारणतया बादल लागेको छ । हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका साथै देशको पहाडी भूभागका केही स्थानमा तथा कोशी, मधेस र बागमती प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्ज...