नक्कली सर्टिफिकेटले सहायक निरीक्षक हुँदै अनुसन्धान अधिकृत, अहिले अख्तियारको फन्दामा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत ठाकुर प्रसाद केसीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश तथा बढुवा भएको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
अख्तियारका अनुसार केसीले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेशअन्तर्गतको बोर्ड अफ हाई स्कुल एन्ड इन्टरमिडिएट एजुकेसनबाट जारी भएको हाईस्कुल तहको झुट्टा तथा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेका थिए ।
उक्त प्रमाणपत्रका आधारमा उनले तत्कालीन समयमा राष्ट्रिय अनुसन्धान विभागमा सहायक निरीक्षक पदमा नियुक्ति लिएको र पछि सोही प्रमाणपत्र पटक–पटक बढुवा तथा पदोन्नतिका लागि पेस गरेको अनुसन्धानबाट देखिएको अख्तियारले जनाएको छ ।
आयोगका अनुसार केसी सोही प्रमाणपत्रका आधारमा २०६६ सालमा वरिष्ठ अनुसन्धान सहायक, २०७३ सालमा अनुसन्धान अधिकृत र २०८१ सालमा प्रमुख अनुसन्धान अधिकृत पदमा बढुवा भएका थिए ।
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा नियुक्ति तथा बढुवा भएको कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ बमोजिमको कसुर भएको आयोगले जनाएको छ।
आयोगले केसीलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा २ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिम कैद र जरिवानाको सजाय माग गर्दै बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
एक्सप्रेस
सम्बन्धित खबर
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना : बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा...
मौसम अपडेट : आज यी प्रदेशहरूमा हुँदैछ भारी वर्षा र हिमपात, कतै–कतै हावाहुरीको पनि सम्भावना
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको जानकारी दिएको छ ।
हाल देशभर साधारणतया बादल लागेको छ। कर्णाली प्रदेशका केह...
कान्ति राजमार्गको एकान्तकुना खण्ड ६० दिनसम्म बन्द हुने
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति राजमार्ग सडक योजनाअन्तर्गत एकान्तकुना क्षेत्रमा विस्तार तथा कटिङ भइरहेकाले सो क्षेत्रमा ६० दिनसम्म सवारी आवागमन बन्द गरिने जनाएको छ । जिल्ला प्रशासनले जारी गरेको सार्...
देशभर मनसुनी वायुको प्रभाव : पहाडी भूभागका धेरै स्थानमा वर्षा र केही प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थान वरपर तथा पश्चिमी भूभागमा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित छ ।
आज बिहान कोशी, गण्डकी, लुम्बिनी,...
मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान
काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसा...
एका बिहानै हल्लियो ताप्लेजुङ, ४ म्याग्निच्युडको भूकम्पको धक्का महसुश !
काठमाडौँ । ताप्लेजुङको कञ्चनजंघा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, आज बिहान २ः४७ बजे चार म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्प गएको स्थान नेपाल(भारत सीमा क्षेत्र नजिकै रहे...



