यस वर्ष भाइटीकाको उत्तम साइत कति बजे ?
काठमाडौं । देशैभरी तिहारको रमझम आँगनमै आइपुगेको छ भने घरहरूमा झिलिमिलि बत्ति र तिहारका भाकाहरू गुन्जिन थालिसकेका छन्। यमपञ्चक अर्थात् तिहार पर्वको पहिलो दिन काग तिहार मनाइएको छ भने आज दोस्रो दिन लक्ष्मी पूजा र कुकुर तिहार एकसाथ मनाइँदैछ। आज बिहान यमदूतको प्रतीक कुकुरलाई पूजा गरेर मीठा परिकार अर्पण गरी कुकुर पूजा मनाइएको छ भने आजै साँझ लक्ष्मी पूजाको तयारी घरघरमा गरिंदैछ।
आज साँझपख घर–घरमा दीप प्रज्वलन गरी लक्ष्मी भित्र्याउने गरिन्छ। आजको दिन घर, पसल र कार्यालयहरूमा सरसफाइ गरी रंगोली आदि बनाएर फूलमाला र दियोले सजाएर लक्ष्मीको विशेष पूजा आराधना गर्ने गरिन्छ। यसो गर्नाले घरमा धन र समृद्धिको वृद्धि हुने विश्वास रहिआएको छ।
त्यस्तै कात्तिक ५ गते गाईपूजा र गोरुपुजा एकसाथ मनाइँदैछ। हिन्दू धर्मावलम्बीहरूले गाईलाई परापूर्वकालदेखि नै ‘माता’को रूपमा पुज्दै आएका छन्। त्यस दिन गाई र गोरुलाई तिलक, फूलमाला आदिले पूजा गरेर मीठा परिकार अर्पन गर्ने गरिन्छ। मृत्युपछि गाईको पुच्छरमा समातेर वैतर्नी नामक नदी तरेर मात्र स्वर्ग पुगिने विश्वास रहिआएको छ।
यमपञ्चकको अन्तिम दिन अर्थात् कात्तिक ६ गते भाइटीका पर्व मनाइँदैछ। त्यस दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइको दीर्घायु, समृद्धि र सौभाग्यको कामना गर्दै निधारमा सप्तरंगी टीका तथा माला लगाइदिन्छन् भने दाजुभाइले पनि दिदीबहिनीहरूलाई उपहार तथा दक्षिणा दिएर स्नेह र आर्शीवाद प्रकट गर्छन्।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष भाइटीकाको उत्तम साहित बिहान ११ बजेर ३९ मिनेटमा रहेको बताएको छ। कात्तिक ६ गते बिहीबार मध्यान्हकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर्तको शुभ साइत दिएइउको समितिले बताएको छ। सर्वसाधारणका लागि मध्यान्हकालमा टीका लगाउन कुनै समस्या नपरेपनि राज्य सञ्चालकले भने साइतमै टीका लगाउनु पर्ने समितिले जानकारी दिएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
लुम्बिनी विकास कोष उपाध्यक्षमा नियुक्त आनीको किन विरोध भइरहेको छ ?
काठमाडौँ — करिब पाँच महिनादेखि रिक्त लुम्बिनी विकास कोष उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मालाई ३० असोजमा मन्त्रिपरिषद् बैठकले नियुक्त गर्ने निर्णय गरेलगत्तै विरोध सुरु भएको छ । आनीको विगत र व्यक्तिगत विवरणसमेतलाई प्रश्न उठाउँदै नियुक्ति रद्द...
तीन सवारीसाधन एक आपसमा ठोक्किँदा चालकसहित सात जना घाइते
रौतहट । रौतहटमा तीन सवारीसाधन एक आपसमा ठोक्किँदा चालकसहित सात जना घाइते भएका छन् । दुर्गाभगवती गाउँपालिका वडा नम्बर ५ बरहर्वा भएको हुलाकी सडक हुँदै बम नहर तर्फ जाँदै गरेको एचआर २८ डि ७२२२ नम्बरको भारतीय स्कार्पियोले चन...
पाल्पामा रोकेर यात्रु ओराल्ने क्रममा जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु
पाल्पा । नवलपरासीको अरुणखोलाबाट पाल्पाको रामपुर आउँदै गरेको जिप मित्याल अरुणखोला सडक अन्तर्गत निस्दी ४ मित्याल चिउरेबासको पहिलो घुम्ती नजिक एकल फुक्सीमा रोकेर मान्छे झार्ने क्रममा भिरबाट तल खसेको छ । स्थानीयका अनुसार झ...
एनआरएनएबीच एकता घोषणा
काठमाडौं। गैर आवासीय नेपाली संघ एनआरएन बीच एकता सम्बन्धी सहमतिमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा महेश श्रेष्ठ र डा बद्री केसीले एकता सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । एनआरएन...
बाला चतुर्दशी व्यवस्थित गर्न १८ घण्टा कर्मचारीलाई सेवामा खटाइने
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले यस वर्षको बाला चतुर्दशी मेला अवधिभर सबै कर्मचारीलाई कम्तीमा १८ घण्टा काममा खटाउने भएको छ । यसवर्षको बाला चतुर्दशी मेला पर्वलाई विगत वर्षमा भन्दा व्यवस्थित बनाउन कुनै पनि कर्मचारीला...
चुनावी यात्रामा बेहोस भएका बालेनको टोलीका सदस्य दिनेश सिटौलाको अवस्था चिन्ताजनक
काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनसँगै चुनाव प्रचारमा खटिँदा ‘ब्रेन हेमरेज’ भएर उपचार गराइरहेका दिनेश सिटौलाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । दुई द...



