सोमबार, ११ जेठ २०८३
नेपाली

मौसम पूर्वानुमान : देशका ६ प्रदेशमा वर्षाको सम्भावना, सुदूरपश्चिममा लू चल्ने

Main News Image

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भूभाग नजिकै बनेको न्यून चापीय क्षेत्र गरी तीनवटा मौसमी प्रणालीको प्रभाव रहेको छ। यसकै कारण अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भेगमा मौसम बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जनसहित पानी परिरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत अन्य पहाडी तथा हिमाली क्षेत्रमा मौसम सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली क्षेत्रका साथै मधेस प्रदेश र लुम्बिनी तथा कर्णाली प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम स्तरको वर्षा हुने अनुमान छ। लुम्बिनीको तराई क्षेत्रमा आंशिक बदली रहे पनि बाँकी तराईको मौसम मुख्यतया सफा रहनेछ।

यसैबीच, वर्षाको सम्भावना नभएका सुदूरपश्चिम प्रदेशका पहाड तथा तराईमा आज तातो हावा लू चल्ने तथा लुम्बिनी प्रदेशमा अत्यधिक गर्मी हुने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा मौसम सामान्यतया बदली नै रहनेछ भने ती प्रदेशका केही स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ। देशका बाँकी भूभागमा भने मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।


mediabaaji add

सम्बन्धित खबर

बनेपामा टिपरको ठक्करबाट ज्यान गुमाउने स्कुटर चालकको सनाखत, टिपर चालक पक्राउ

काठमाण्डौँ । बनेपामा टिपरले ठक्करबाट ज्यान गुमाउने स्कुटर चालकको सनाखत भएको छ । मृतक काभ्रेको धुलिखेल नगरपालिका ८ घर भइ  हाल धुलिखेल नगरपालिका ५ बस्ने अन्दाजी ३१ वर्षीय ओमन प्रधान रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

दुर्घटन...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य प्रदेशका...

नयाँ शैक्षिक सत्र प्रारम्भ भएपछि मात्र विद्यार्थी भर्ना गर्न शिक्षा मन्त्रालयको आग्रह

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशका केही संस्थागत विद्यालयले शिक्षा विनियमावली र सर्वोच्च अदालतको आदशेको उलङ्घन गरी शैक्षिक सत्र २०८३ प्रारम्भ हुनु पूर्व नै विद्यार्थी भर्ना गर्ने र भारी शुल्क असुली गरेको सप्रमाण तथ्यहरू बाहिर...

आज कति छ काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ?

काठमाडौँ । देशभर दैनिक चिसो बढिरहेको छ । काठमाडौं उपत्यकामा पनि न्यूनतम तापक्रम घट्दै गएको छ । आज बिहान ५ः४५ बजे मापन गर्दा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७।० डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

बालेनको चुनाबी अभियानमा दुर्घटनामा परेका सिटौलाको अवस्था गम्भीर, आइसीयुमा उपचार हुँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाबी अभियानमा बरिष्ठ नेता बालेन शाहसँगै सुदुरपश्चिम गएका बेला दुर्घटनामा परेका दिनेश सिटौलाको आइसीयुमा राखेर उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन् ।

शुक्रबार बिहान बझाङबाट...

हिमाली र पहाडी भू-भागमा आंशिक बादल , तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहदा देशका हिमाली र पहाडी भूभागमा बादल लाग्ने र तराईमा मौसम मुख्यतया सफा रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अन...