बिहिबार, १२ कात्तिक २०८३
नेपाली

विपिन जोशी : गाजामा मारिए, महाकालीमा बिलाए

Main News Image

काठमाडौँ । यदि विपिन जोशी जीवित भएका भए अहिले उनको परिवार मात्र हैन, पुरै देश उनको रिहाइको खुसीयालीमा हुने थियो। उनलाई विमानस्थलदेखि घरसम्म स्वागत गर्नेको लर्को देखिन्थ्यो होला । दुई वर्षदेखि विपिनको सकुशल रिहाइको प्रतीक्षामा बसेका नेपालीले जब एक साताअघि मात्रै उनी जीवित नरहेको खबर प्राप्त गरे। त्यसपछि परिवारसहित सिङ्गो देश शोकमा डुब्यो। हमासले बन्धक बनाएको अवधिमै गाजामा मृत्यु भएका कञ्चनपुरका विपिन जोशीको मंगलबार बिहान महाकाली नदीस्थित भुजेला घाटमा अन्त्येष्टि गरियो ।

जोशीको पार्थिव शरीरमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरे। त्यसपछि सशस्त्र प्रहरी बलको एक टुकडीले विपिनलाई सलामी अर्पण गर्‍यो। इजरायलले उल्लेख गरेको ‘फरेन्सिक रिपोर्ट’ अनुसार इजरायल(हमास युद्धमा हमासले बन्धक बनाएर टाउकोमा गोली हानी विपिनको हत्या गरिएको जनाइएको छ। विपिन जीवित नरहेकोबारे जानकारी गत असोजको अन्तिम साता मात्रै हमासले सार्वजनिक गरेको थियो।

कृषि विज्ञानतर्फ स्नातक तहको अध्ययनका सिलसिलामा विपिनलगायतका नेपाली विद्यार्थीको टोली इजरायल पुगेका थिए। सोही क्रममा हमासको आक्रमणसँगै विपिनलाई हमासले अपहरण गरी लगेका थिए।

विपिनको खोजीका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा दबाब बढाइए पनि अन्ततः विपिन जीवित नभएको हमासले बताएको थियो।

विभिन्न प्रक्रिया पुरा गरी सोमबार दिउँसो काठमाडौँ ल्याइएको विपिनको शव साँझ अबेरमा महेन्द्रनगरस्थित घरमा पुर्‍याइएको थियो। भुजेल घाटमा बुवा महानन्द जोशी र ठुलोबुवा रामदत्त जोशीले दागबत्ती दिए। नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासले भुजेल घाटमै पुगेर इजरायली राष्ट्रपतिको शोक सन्देश सुनाउँदै इजरायली झण्डा विपिनको शवमा ओढाए। राजदूत नेतृत्वको टोली शवसँगै काठमाडौँबाट विपिनको अन्त्येष्टिसम्म सहभागी भयो। विपिनको काजक्रिया ठुलाबुवा रामदत्त जोशीले गरिरहेको परिवारजनको भनाइ छ।

mediabaaji add

सम्बन्धित खबर

नेपाल कृषि सहकारी केन्द्रीय संघमा नयाँ नेतृत्व चयन अध्यक्षमा उप्रेती

काठमाण्डौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ लि को ५औँ अधिवेशनबाट एकराज उप्रेतीको नेतृत्वमा १५ सदस्य रहेको नयाँ कार्यसमिति चयन भएको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा पूर्ण शर्मा महिला उपाध्यक्षमा मीना कुमारी ढकाल र सिचवमा चिरन्जिवी केसी निर्वाचित...

नेपालमा पश्चिम वायुको आंशिक प्रभाव,मुख्यतया मौसम सफा रहने

काठमाडौँ । हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ । सोमबार दिउँसो पनि कोशी प्रदेश, बागमती प्रदेश, गण्...

सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै महानगरपालिका

काठमाडौँ । काठमाडौँलाई सुन्दर बनाउन महानगरपालिकाले सडक किनारामा गमला राखेर फूल फुलाउन थालेको छ । पार्क तथा हरियाली प्रवर्धन आयोजनाले गौरव योजना मेरो रहर, सुन्दर र हरित सहर कार्यक्रम अन्तर्गत गमलामा फूल राख्न थालिएको हो ।

आयोजनाका इञ्जिनियर स...

दशैं बिदा र अनुकूल मौसमले सौराहामा पर्यटकको चहलपहल बढ्यो

चितवन । चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा दसैँ बिदा र अनुकूल मौसमका कारण आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ। बाढीपहिरो र सडक अवरुद्धताका कारण केही महिना सुस्ताएको यहाँको पर्यटन व्यवसाय पछिल्लो समय एकाएक फस्टाएपछि व्यवसायीहरू उत्साहित ब...

पश्चिमी वायुको प्रभाव कायमै : कस्तो रहला सोमबार देशभरको मौसम

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकाअनुसार देशका पहाडी भूभागमा आशिंक बदली रहनेछ । यसैगरी...

कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन

काठमाडौँ । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा दुर्घटना हुँदा बेपत्ता गाडी तथा यात्रुको खोजी गर्न सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोतखोर टोली खटिएको छ ।

सशस्त्र प्रह...