उत्तम–निरुता फेरि सँगै, ‘सारथी’को छायांकन म्याग्दीबाट सुरु हुँदै
काठमाडौँ । निर्देशक कुमार गजुरेलको पहिलो निर्देशनमा बन्न लागेको फिल्म ‘सारथी’को शुभमुहूर्त सम्पन्न भएको छ । काठमाडौँस्थित भद्रकाली मन्दिरमा पूजा गरी निर्माण टिम छायांकनका लागि म्याग्दी पुगेको हो ।
वैशाख ९ गतेदेखि गुर्जा खानी आसपासका क्षेत्रमा करिब ४० दिनसम्म छायांकन गरिनेछ । यो फिल्ममार्फत लामो समय सम्पादन क्षेत्रमा काम गरेका तारा थापा निर्माता रूपमा प्रस्तुत हुँदैछन् ।
फिल्मको विशेष आकर्षण भने उत्तम प्रधान र निरुता सिंहको करिब दुई दशकपछि पुनर्मिलन हो । निरुता मुहूर्त कार्यक्रममा सहभागी भइसकेकी छिन् भने उत्तम वैशाख १५ गते नेपाल आएर छायांकनमा जोडिने तयारीमा छन् । सिनेमामा उत्तम र निरुतासहित मुकुन्द श्रेष्ठ, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा लगायतका कलाकारको अभिनय रहनेछ । निर्माण टिमले ‘सारथी’ मार्फत नयाँ कथा र फरक स्वादका साथ दर्शकमाझ प्रस्तुत हुने विश्वास व्यक्त गरेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
मास्टर्नीको विवादित गीत हटाइयो, प्रियंका र दुर्गेशले मागे माफी
काठमाडौँ । गायक दुर्गेश थापा र प्रियंका कार्की अभिनित चलचित्र ‘मास्टर्नी’को प्रमोसन गीत ‘ताराबाजी लैलै’ विवादमा परेपछि युट्युबबाट हटाइएको छ ।
गीतमा शिक्षक, विशेषगरी महिला शिक्षक तथा शिक्षण पेसाप्रति अपमानजनक र अमर्यादित शब्द तथा दृश्य प्रस्त...



