एमाले महाधिवेशन : सल्लाघारी क्षेत्र झकिझकाउ, कार्यकर्ताहरुको भीड बढ्दो
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन सुरु हुन लागेको छ । उद्घाटन समारोह भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदानमा एमाले कार्यकर्ताहरुको भीड देखिन्छ । बिहानैदेखि स्थल तथा वरपरका क्षेत्रमा कार्यकर्ता, प्रतिनिधि र समर्थकहरूको भीड बाक्लिँदै गएको छ । उद्घाटनका लागि मन्च झकिझकाउ बनाइएको छ । उद्घाटन समारोह १ बजेलाई राखिएको छ । त्यसअघि र्यालीको आयोजना गरिएको छ ।
देशभरिबाट आएका हजारौँ प्रतिनिधि, पर्यवेक्षक र कार्यकर्ताहरू बिहानैदेखि उपत्यकाका मुख्य नाकाहरू हुँदै सल्लाघारीतर्फ प्रवेश गरिरहेका छन् । सवारी साधनको लामो लाइन र भीडका कारण काठमाडौं–भक्तपुर क्षेत्रमा चहलपहल बढेको छ भने अरनिको राजमार्गमा सवारीको चाप देखिन्छ ।
उद्घाटनका लागि स्टेज, सजावट, ध्वनि प्रणाली, झण्डा–ब्यानरदेखि सुरक्षासम्बन्धी सबै काम बिहानसम्म पूरा गरिएको आयोजक समितिले जनाएको छ । तीनवटै सुरक्षा निकाय उच्च सतर्कतामा छन्, भने ट्राफिक प्रहरीले विशेष व्यवस्थापन लागू गरेको छ ।
स्थल वरपर स्वच्छता, स्वास्थ्य सहायता कक्ष, पानी र स्वयंसेवक परिचालन जस्ता व्यवस्थाहरूलाई पनि आज बिहानैदेखि सक्रिय बनाइएको छ । कार्यकर्ताहरूलाई सहज रूपमा बस्न र प्रवेश–निस्कन मद्दत गर्न सयौँ स्वयंसेवक खटाइएको छ । महाधिवेशनको औपचारिक प्रारम्भसँगै आगामी दिनहरूमा हुने राजनीतिक प्रतिवेदन, संगठन प्रतिवेदन, विधान संशोधन र नेतृत्व चयन प्रक्रिया अगाडि बढाइने छ ।
एक्सप्रेस
सम्बन्धित खबर
कर्णाली सरकारद्वारा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय
काठमाण्डौँ । कर्णाली प्रदेश सरकारले आगामी वर्ष २०८३ सालमा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेश सुर्खेत वीरेन्द्रनगरमा आज बसेको मन्त्रिपरिषद् बैठकले विसं २०८३ मा छ दिन सार्वजनिक बिदा द...
एमालेका पूर्वसांसद भट्टचन पक्राउ
काठमाडौँ । प्रभु ग्रुपका अध्यक्ष तथा नेकपा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ परेका छन् । आर्थिक हिनामिनाको आरोपमा उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मंगलबार ललितपुरबाट पक्राउ गरेको हो ।<...
बालेन र ओली एकैपटक झापा जाँदै
काठमाडौँ । झापा ५ मा उम्मेदवार रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह दुवै आज झापा जाँदैछन् । दुवैकाई आआफ्ना पार्टीले भावी प्रधानमन्त्रीको रूपमा अघि सारेकोले दुवैको एकैदिन झापा यात्रालाई चासोपूर्वक हेरिएको...
जेन-जी विद्रोहका फौजदारी मुद्दा फिर्ता लिन कार्यदल बनाउने गृहमन्त्री गुरुङको घोषणा
काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गर्दै जेन–जी आन्दोलनका क्रममा लगाइएका फौजदारी मुद्दाहरू फिर्ता लिने प्रक्रिया अगाडि बढाउने घोषणा गरेका छन् । मन्त्रालयमा पदभार सम्हाल्दै उनले यस विषयमा अध्ययन गरी ठोस सिफारिस गर्न एक विशेष क...
मिडिया ट्रायलको पछि लाग्दिनँ, कारबाही जारी रहन्छ : गृहमन्त्री गुरुङ
काठमाडौँ । विवादास्पद व्यवसायीसँगको साँठगाँठ र सम्पत्ति विवरणमा लगानी लुकाएको आरोप खेपिरहेका गृहमन्त्री सुधन गुरुङले आफूमाथि ‘मिडिया ट्रायल’ गरिएको भन्दै कडा आपत्ति जनाएका छन् । पछिल्लो समय आफूमाथि लगाइएका विभिन्न आरोपहरू र सार्वजनिक भएका समाचारहर...
अदालतको आदेश आत्तिनुपर्ने विषय होइन, पुन : पुष्टि गर्ने अवसर हो स् गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो नेतृत्वमा सम्पन्न पार्टीको विशेष महाधिवेशन विधानसम्मत भएको दोहोर्याउँदै सर्वोच्च अदालतसमक्ष यसको वैधानिकता फेरि पुष्टि गर्न आफूहरू तयार रहेको बताएका छन् ।
पूर्वसभापति शेरबहादुर देउवा र पू...



