एमाले महाधिवेशन : ओलीको खल्तीमा पदाधिकारी र केन्द्रीय सदस्यको सूची
काठमाडौँ । जेनजी विद्रोहका कारण सत्ताबाट बर्हिगमनमा परेको नेकपा एमालेको ११ औं महाधिवेशन आउन अब नौ दिनमात्रै बाँकी छ । महाविधेशनको तयारी तीव्र रुपले चलिरहँदा आगामी नेतृत्वका विषयमा पनि तीव्र चासो बढ्न थालेको छ । यो महाधिवेशनमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ ।
पोखरेललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सहयोग गरेका कारण ओलीले पनि त्यही अनुसारको तयारी गरिरहेका छन् । अर्थात् यो महाधिवेशनमा ओली र पोखरेलबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । दशौं महाविधेशनमा भीम रावलले प्रतिस्पर्धा गरेपनि उनलाई ओलीले चुनौतीका रुपमा लिएका थिएनन् । आफूले चाहे अनुसारको टीम बनाएर ओलीले चार वर्ष पार्टीको नेतृत्व गरिसकेका छन् । अहिले पनि ओली अध्यक्षमा प्रतिस्पर्धा चाहँदैनन् ।
तर ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी नै घोषणा गरिसकेको र उनलाई पूर्व राष्ट्रपतिको साथ र सहयोग गरेका कारण ओलीलाई चुनौती थपिएको छ। यतिबेला गुण्डुमा बसेर महाधिवेशनमा आफ्नो पक्षबाट टीम बनाउने काम गरिरहेका छन् । आफू, आफ्ना पदाधिकारी र केन्द्रीय सदस्यको नाम लिष्ट लिएर ओलीले उनीहरुलाई नै मत हाल्न प्रतिनिधिहरुलाई निर्देशन दिन थालिसकेका छन् । आफूलाई भेट्न गुन्डु पुग्ने नेता कार्यकर्तालाई ओलीले ‘मलाई मात्रै होइन, टीमलाई नै मत हाल्नुपर्छ’ भन्ने गरेको स्रोतले जनाएको छ । ओलीले क कसलाई पदाधिकारी र केन्द्रीय सदस्य बनाउने भनेर नाम लिस्ट तयार पार्न थालेका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
राजनीतिक दललाई निर्वाचन आचारसंहितासम्बन्धी ६४ बुँदे निर्देशन
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावका लागि राजनीतिक दलहरूलाई निर्देशन जारी गरेको छ। दलहरूले प्रचारप्रसार गर्न पाउने दिन शुरू हुनुअघि प्रेस विज्ञप्ति निकालेर आयोगले चुनावी प्रचारप्रसारका क्रममा पालना गर्नुपर्ने ६४ बुँदे निर्देशन सार...
सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार छः गृहमन्त्री अर्याल
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडक प्रदर्शनमा रहेका समूहलाई संवादका लागि आग्रह गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा निकायका प्रमुखसहितको छलफलपछि रासससँगको कुराकानीमा उहाँले सरका...
प्रचण्डको क्षेत्रमा एमालेको अर्कै दलसँग गठबन्धन
काठमाडौँ । एमालेले प्रगतिशील लोकतान्त्रिक पार्टीसँग केही स्थानमा गठबन्धन गर्ने भएको छ । रुकुम पूर्व र पश्चिममा नेकपा एमाले र प्रगतिशिल लोकतान्त्रिक पार्टी प्रलोपालाई सघाउने भएको हो ।
एमाले उपाध्यक्ष रामबहादुर थापा बादल र प्रलोपा अध्यक्ष दुर्...
परराष्ट्रमन्त्रीको जवाफमा सांसद आशिका तामाङको असन्तुष्टि, बैठक कक्षबाटै बाहिरिइन्
२ भदौ, काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफप्रति असन्तुष्टि जनाउँदै थप स्पष्टीकरण माग गरेपछि उत्पन्न विवादका क्रममा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङलाई सभाको मर्यादामा र...
निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउने दलको संख्या चार पुग्यो
काठमाडौँ । जनप्रीय लोकतान्त्रिक पार्टीले समानुपातिकको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ । आज समानुपातिकको बन्दसूची बुझाउने अन्तिम दिन भएको हुनाले जनप्रीय लोकतान्त्रिक पार्टीले सूची निर्वाचन आयोगमा बुझाएको हो ।
यसैगरी नेमकिपा, राष्ट्रिय जनम...
सुनसरी गोलीकाण्डको नैतिक तथा राजनीतिक जिम्मेवारी गृहमन्त्री गुरुङले लिनुपर्छ : रवि किरण हमाल
काठमाण्डौँ । जेनजी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीमा भएको गोलीकाण्डको पूर्ण नैतिक तथा राजनीतिक जिम्मेवारी गृहमन्त्री गुरुङले स्वीकार गर्दै तत्काल पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । पवित्र श्रावण सोमबारका अवसरमा स्नानका लागि गइरहेका युवा ओ...



