वीरगञ्जमा दुई युवामाथि छुरा प्रहार
पर्सा । वीरगञ्ज महानगरपालिका वडा नं १६ घुसुकपुरमा मंगलबार साँझ दुई जना युवामाथि धारिलो हतियार प्रहार भएको छ । घरअगाडि आगो ताप्दै बसेका विकास महतो र सुरज महतोलाई उनीहरूकै छिमेकीले धारिलो हतियार प्रहार गरी घाइते बनाएका हुन्। घाइते दुवै जनाको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकका अनुसार मंगलबार साँझ करिब ६ः४५ बजे घर अगाडि आगो ताप्दै बसेका बेला पुरानो रिसिबीका कारण छिमेकीले विकास र सुरजमाथि धारिलो हतियार प्रहार भएको हो । घटनामा विकासको टाउकोमा र सुरजको पेटमा चोट लागेको उनले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धान अनुसार घाइते र आक्रमणकर्ताबीच यसअघि पनि विवाद भएको र सोही रिसिबीका कारण घटना घटेको देखिएको एसपी पाठकले बताए । घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य भइरहेको उनको भनाइ छ ।
एक्सप्रेस
सम्बन्धित खबर
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ
काठमाण्डौँ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ परेका छन् । मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अध्यक्ष श्रेष्ठलाई कागेश्वरी मनहरा नगरपालिकाबाट पक्राउ परेको हो । उनलाई बिमा सम्बन्धी कसुरमा पक्राउ गरिएको...
नयाँ संसद भवनको सुरक्षा अवस्थाबारे उच्च प्रहरी अधिकृतले गरे निरीक्षण
काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी ईश्वर कार्कीले सिंहदरबार क्षेत्रस्थित निर्माणाधीन संघीय संसद् भवनको सुरक्षा अवस्थाबारे स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा एआईजी कार्कीसँगै प्रहरीका वरिष्ठ अधिकृतहरू तथ...
बाढीले बगाएको बैंकको सेफ फुटाएर पैसा चोर्नेहरु पक्राउ
काठमाडौँ । यही भदौं १० गते विहान रसुवामा आएको बाढीमा बगाएको बैंकको सेफ फुटाएर पैसा चोर्न कार्यमा संलग्न केही व्यक्तिहरुलाई धादिङ प्रहरीले पक्राउ गरेको छ । त्रिशुली नदिले बगाएर ल्याएको बैंकको सेफ फुटाएर एक करोड भन्दा बढि रकम चोरी गर्ने कार्यमा संलग...
१० जना भीआईपीलाई ज्यान मार्ने धम्की दिने समूहका तीन जना पक्राउ,प्रमुख आरोपी फिलिपिन्समा, आशंका प्रदीप अधिकारीमाथि
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहित १० जनालाई ज्यान मार्ने धम्की दिने समूहका तीनजना पक्राउ परेका छन् । उक्त समूहका मुख्य अभियुक्त फिलिपिन्समा रहेको खुलेको छ । धम्कीपूर्ण पत्र पठाउने...
काठमाडौंमा भारतीय नागरिकले भारतीयलाई नै बन्धक बनाएर मागे फिरौती
काठमाडौँ । एक भारतीय नागरिकलाई नेपालमा बन्धक बनाएर फिरौती अशुल्न खोज्ने दुईजना पक्राउ परेका छन् । अस्ट्रेलिया पठाउने बहानामा ती युवकलाई काठमाडौं बोलाएर बन्धक बनाई २० लाख भारु ३२ लाख रुपैयाँ फिरौती मागेको आरोपमा प्रहरील...
बाघ गणनाको लागि राखिएका ६० क्यामेरा चोरी
काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणनाका लागि जडान गरिएका ६० वटा क्यामेरा हराएका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार समस्याग्रस्त ८५ क्यामेरामध्ये ६० वटा हराएका छन् भने...



