मल किन्न भारत गएर जेल परेका दुई नेपाली किसान ३८ दिनपछि धरौटीमा रिहा
काठमाडौँ । खेतका लागि रासायनिक मल किन्न भारत गएका बेला पक्राउ परेका सर्लाहीका दुई नेपाली किसान ३८ दिनपछि थुनामुक्त भएका छन् । सर्लाहीको बलरा नगरपालिका–५ का सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह भारतीय अदालतको आदेशअनुसार शुक्रबार धरौटीमा रिहा भएका हुन् । भारतको सीतामढी जिल्लास्थित डुम्रा व्यवहार अदालतका सह–विशेष न्यायाधीश अखलेशकुमार झाको एकल इजलासले बुधबार नै उनीहरूलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।
सुरेशप्रसादका छोरा अविनाश सिंहका अनुसार दुवै जना शुक्रबार साँझ पौने आठ बजेतिर डुमरवा जेलबाट छुटेका हुन् । ‘आमा र भाइ, बुबा र ठूलो बुबालाई लिन डुमरवा जानुभएको छ,’ अविनाशले भने, ‘उहाँहरू रिहा हुनुभएको खबर प्राप्त भएको छ ।’ अदालतमा किसानका तर्फबाट कानुनव्यवसायी संजयकुमार झा र किरण चौधरीले बहस गरेका थिए ।
एक्सप्रेस
सम्बन्धित खबर
निरन्तर बढ्दै सुनको मूल्य, सोमबार प्रतितोला कति पुग्यो ?
काठमाडौँ । नेपाली बजारमा निरन्तर सुनको मूल्य उकालो लागि रहेको छ । आज मात्रै सुन तोलामा एक हजार ९०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भईर...
सुनको मूल्यमा गिरावट, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९५ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
यता, चाँदीको मूल्य तोलामा ६५ रुपैय...
२५.८१ अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम कति ?
काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक २५.८१ अंकले घटेर २७४४.४५ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३५१ कम्पनीको १ करोड २१ लाख ३४ हजार ३६० कित्ता सेयर खरिद बिक्री हुँदा रू ४ अर्ब ९८ करोडमाथिको सेयर कारोबार...
सेयर बजार फेरि ओरालो लाग्यो, कारोबार रकम ६ अर्बमा सीमित
काठमाण्डौँ । अघिल्लो दिन ८३ अंक बढेको सेयर बजार आज सेयर बजार २.६१ अंक घटेको छ । आज सेयर बजार परिसूचक २७५७.४० विन्दुमा पुगेको छ । आज सेयर बजारमा १७५ कम्पनीको सेयर मूल्य घटेको छ भने ८२ कम्पनीको बढेको छ । त्यस्तै आज १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको...
सडकपेटीमा व्यापार नगर्न निर्देशन
काठमाडौँ । उदयपुरको सदरमुकाम गाईघाट बजारका मुख्य सडकपेटीहरुमा व्यापार व्यवसाय नगर्न त्रियुगा नगरपालिकाले आग्रह गरेको छ । यसका लागि नगरपालिकाले २२५ फुटपाथ व्यापारी तथा व्यवसायीलाई सचेतना प्रशिक्षण समेत सञ्चालन गरेको प्रमुख बसन्त बस्नेतले जानकारी दि...
सुनचाँदीको मूल्य ह्वात्तै घट्यो, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन एकैदिन तोलामा चार हजार ५०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
यता, चाँदीको...



