शुक्रबार, ०२ असोज २०८३
नेपाली

इरान तनावबीच ट्रम्प प्रशासनद्वारा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त

Main News Image

काठमाडौँ । डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनमा इरानसँगको बढ्दो तनाव र आन्तरिक राजनीतिक दबाबका बीच व्यापक हलचल देखिएको छ। अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार ट्रम्पले प्रशासनभित्र ‘सफाइ’ अभियान तीव्र बनाएका छन् । इरानसँगको तनाव चर्किंदै जाँदा ट्रम्पले आफ्नै विश्वासपात्र उच्च अधिकारीहरूलाई समेत पदमुक्त गर्न थालेका छन्। द एटलान्टिकका अनुसार अबको निशानामा काश पटेल र तुलसी गबार्ड पर्न सक्ने संकेत गरिएको छ ।

रक्षा मन्त्री पीट हेगसेथले र्‍यान्डी जर्जलाई अनिवार्य अवकाश लिन निर्देशन दिएका छन् । उनको स्थानमा क्रिस्टोफर ला नेभले कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हाल्ने बताइएको छ । यसैगरी, महान्याधीवक्ता प्याम बन्डीलाई पनि पदबाट हटाइएको जनाइएको छ । ‘एपस्टाइन फाइल्स’ सम्बन्धी मुद्दा प्रभावकारी रूपमा अगाडि नबढाएको र महत्त्वपूर्ण तथ्य सार्वजनिक नगरेको आरोप उनीमाथि लगाइएको छ ।


mediabaaji add

सम्बन्धित खबर

सिड्नीमा भएको गोलीकाण्डमा मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो

काठमाडौँ । सिड्नीको बोन्डी बिचमा भएको गोलीकाण्डमा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । जसमा एक बुबा र छोरा आक्रमणकारीको रूपमा पहिचान गरिएको प्रहरीले जनाएको छ । न्यू साउथ वेल्स राज्यको प्रहरीले सोमबार बिहान गोलीकाण्डपछि...

अफगानिस्तानमा २३ लाख नागरिकलाई मानवीय सहयोग आवश्यक

काठमाडौँ । संयुक्त राष्ट्र बाल कोष युनिसेफले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार अफगानिस्तानमा गत वर्ष करिब २२ लाख नौ हजार नागरिकले मानवीय सहयोगको आवश्यकता महसुस गरेका छन् । तीमध्ये करिब १२ लाख बालबालिका रहेका छन् ।

प्रतिवेदनमा लगातारको...

मध्यपूर्व टकरावले तेल आपूर्ति सङ्कट र अन्तर्राष्ट्रिय तनाव बढाउँदै

काठमाडौँ । इरानले शनिबार मध्यपूर्वको सबैभन्दा व्यस्त बन्दरगाह जेबेल अली र युएईका दुई अन्य बन्दरगाह खाली गर्न अनुरोध गरेको छ । इरानी विदेशमन्त्री अब्बास अराघ्चीले बताए अनुसार, अमेरिका खार्ग टापु र अबु मुसा टापुमा युएईका दुई स्थानबाट आक्रमण गरेको दा...

खाडी देशहरूमा आक्रमण सुरु, अबुधाबीमा एकको मृत्यु, लाखौं नेपाली खतरामा

काठमाडौँ । इजरायलले शनिबार बिहान इरानको राजधानी तेहरान सहित धेरै शहरहरूमा आक्रमण गरेको थियो । प्रतिक्रियामा इरानले इजरायल विरुद्ध बदला लिने हमला गरेको छ । मिडिया रिपोर्टका अनुसार इरानले बदलामा लगभग ४०० वटा मिसाइल प्रहार गरेको छ ।

इजरायलका सा...

इतिहासकै सबैभन्दा ठूलो समुद्री संकटको खतरा, बब अल-मन्डेब बन्द गर्ने चेतावनी

काठमाडौँ । इरान र अमेरिका इजरायल बीचको जारी युद्ध यस्तो बिन्दुमा पुगेको छ जहाँ सम्पूर्ण विश्व अर्थतन्त्र खतरामा परेको छ । खाडी क्षेत्रमा हर्मुज स्ट्रेट पहिले नै बन्द भइसकेको रिपोर्टहरूको बीचमा यमनका हुथी विद्रोहीहरूले अब बब अलमन्डेब स्ट्रेटलाई बन्...

इरान युद्धका विषयमा विवाद भएपछि जर्मनीबाट ५ हजार सेना फिर्ता गर्ने ट्रम्पको घोषणा

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जर्मन चान्सलर फ्रेडरिच मर्जबीचको बढ्दो राजनीतिक तिक्तताका कारण अमेरिकाले जर्मनीमा तैनाथ आफ्ना करिब ५,००० सैनिक फिर्ता गर्ने निर्णय गरेको छ ।

इरानसँगको सम्भावित युद्ध र कूटनीतिक रणनीतिलाई लिएर दु...