बुधबार, ११ कात्तिक २०८३
नेपाली

तम्घास-बुर्तिबाङ १३२ केभी प्रसारण लाइनको परीक्षण सुरु

Main News Image

काठमाण्डौँ । नेपाल विद्युत् प्राधिकरणद्वारा गुल्मी सदरमुकाम तम्घासबाट बुर्तिबाङसम्म निर्माण भएको १३२ केभी डबल सर्किट प्रसारणलाइनको आजदेखि परीक्षण सुरु गरिएको छ । बुर्तिबाङ‐पौदीअमराई‐तम्घास‐सन्धिखर्क‐गोरुसिङ्गे १३२ केभी प्रसारणलाइन आयोजना’अन्तर्गत निर्माण गरिएको उक्त लाइन गुल्मी र बागलुङ जिल्लाका विभिन्न स्थानीय तह हुँदै विस्तार गरिएको हो ।

गुल्मीको रेसुङ्गा नगरपालिकाअन्तर्गत वडा नं ७ को उनाएचौरस्थित तम्घास सवस्टेसनबाट बागलुङको ढोरपाटन नगरपालिका‐२ खल्टुबोटस्थित बुर्तिबाङ सवस्टेसनसम्मको प्रसारण लाइनमा १३२ हजार भोल्ट क्षमताको विद्युत् परीक्षण र विद्युत् प्रवाह गरिने प्राधिकरणले जनाएको छ ।

उक्त प्रसारणलाइन आजदेखि दुई दिनसम्म परीक्षण गरेपछि मात्र नियमित सञ्चालन गरिने तयारी गरिएको विद्युत् प्राधिकरणका आयोजना प्रमुख मनोज चौधरीले जानकारी दिए । प्राधिकरणद्वारा गुल्मीको रेसुङ्गा नगरपालिका–३, ४ र ५, इस्मा गाउँपालिका–२ तथा मुसिकोट नगरपालिका–१, २ र ३ हुँदै बागलुङको बडिगाड गाउँपालिका–२, ५, ६ र ७ र ढोरपाटन नगरपालिका–२ बुर्तिबाङसम्म विस्तार गरिएको उनले बताए ।

प्राधिकरणले उच्च भोल्टेजका कारण हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई प्रसारणलाइनको टावरमा नचढ्न, तार वा संरचनालाई नछुन, टावर वरिपरी नजान तथा घरेलु जनावर बाहिर नछाड्न आग्रह गरेको छ । खतराको सङ्केत गरिएका संरचनाबाट टाढा रहन र बालबालिकालाई सचेत गराउन अनुरोध गरिएको छ ।


mediabaaji add

सम्बन्धित खबर

म्याग्दीको राहुघाटमा ८४ मेगावाट क्षमताका दुई जलविद्युत् आयोजना निर्माण सम्पन्न

काठमाडौँ । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा तुँदी पावर कम्पनीले एकैसाथ दुई वटा जलविद्युत् आयोजना निर्माण गरेको छ । घुगङ्गा गाउँपालिका–४, ७ र ८ नम्बर वडाको भूगोलमा निर्माण भएका ८४ मेगावाट क्षमताको दुईवटै आयोजनाको विद्युत...

नेप्सेमा ४७.५५ अंकको वृद्धि, हाइड्रोपावर कम्पनीहरुको सर्वाधिक कारोबार

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ४७.५५ अंकले बढेर २६३३.४२ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२८ कम्पनीको १ करोड ३४ लाख ६८ हजार १४५ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५३ करोड १३ लाखको सेयर कारोबार भएको छ । आज २३८ कम्पनीको सेयर मू...

आज सुनको भाउ स्थिर रहँदा चाँदीको घट्यो, प्रतितोला मूल्य कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ भने सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन पनि छापावाला सुनको यही मूल्यमा कारोबार भएको...

तातोपानी र रसुवागढी खुलेपछि कोरलानाकाको कारोबार घट्यो

मुस्ताङ । तातोपानी र रसुवागढी नाका सञ्चालनमा आएपछि मुस्ताङस्थित नेपाल–चीन उत्तरी कोरलानाकाबाट हुने आयात–निर्यात कारोबार न्यून हुँदै गएको छ। मुस्ताङ भन्सार कार्यालयका अनुसार हाल कोरलानाकाबाट आउने मालवाहक कन्टेनर निकै कम भएका छन् र जाँचपासका लागि ८–...

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, ९ दिन लामो आन्दोलन स्थगित

काठमाडौँ । विगत ९ दिनदेखि चलिरहेको मिटरब्याज विरुद्धको आन्दोलन सरकार र पीडित पक्षबीच ९ बुँदे सहमति भएसँगै अन्ततः स्थगित भएको छ । गत असार २५ गते जनकपुरको त्रितियागाछीबाट सुरु भएको ‘पैदल न्याय मार्च’ बाराको निजगढ पुगेपछि असार ३२ गते गृहमन्त्री सुदन...

नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक पौडेललाई ८ वर्ष ६ महिनाको कैद

काठमाडौँ । नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेललाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले ८ वर्ष ६ महिनाको कैद र १ करोड ५४ लाख २५ हजार २०० रुपैयाँ जरिबाना गर्ने फैसला गरेको छ ।

विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, हेमन्त रावल...