नेप्सेमा ४७.५५ अंकको वृद्धि, हाइड्रोपावर कम्पनीहरुको सर्वाधिक कारोबार
काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ४७.५५ अंकले बढेर २६३३.४२ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२८ कम्पनीको १ करोड ३४ लाख ६८ हजार १४५ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५३ करोड १३ लाखको सेयर कारोबार भएको छ । आज २३८ कम्पनीको सेयर मूल्य बढ्दा २१ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज युनियन हाइड्रोपावरको सर्वाधिक २७ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा मञ्जुश्री फाइनान्सको २४ करोड ८९ लाख रुपैयाँ र तेस्रोमा सिनर्जी पावरको २२ करोड ७५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसदिन मिड सोलु हाइड्रोका लगानीकर्ताले सर्वाधिक ९.४९ प्रतिशतका दरले कमाएका छन् । यस्तै, जोशी हाइड्रोपावरका लगानीकर्ताले ६.९७ प्रतिशतका दरले कमाएका छन् ।
विन नेपाल लघुवित्तका लगानीकर्ताले आज सर्वाधिक १० प्रतिशतका दरले गुमाएका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
ग्यास सिलिण्डरमा ट्र्याकिङ प्रणाली लागू गर्न सरकारलाई संसदीय समितिको निर्देशन
काठमाण्डौँ । प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले एलपी ग्यासको खपत, व्यवस्थापन र सुरक्षाका लागि आधुनिक प्रविधिको प्रयोग र प्रभावकारी ट्रयाकिङ प्रणाली लागू गर्न सरकारलाई निर्देशन दिएको छ ।
बिहीवार सिंहदरबारमा बसे...
नेशनल लाइफले पहिलो त्रैमासमा कमायो १४ करोड ८ लाख रुपैयाँ नाफा, बीमाकोष खर्ब नजिक
काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १४ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत आवको पहिलो त्रैमासमा कमाएको १३ करोड ८३ लाख रुपैयाँको तुलनामा १.८१ प्रतिशतले ख...
नयाँ व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकको सर्कुलर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत गरिएका नयाँ व्यवस्था कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थालाई सर्कुलर गरेको छ। केन्द्रीय बैंकले मौद्रिक नीतिको समिक्ष...
साता दिनपछि घट्यो सेयर बजार, कारोबार पनि बढेन
बाढी–पहिरो प्रभावितका लागि केआईईसीको १५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग
काठमाडौँ । भोटेकोशी क्षेत्रलगायत देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहतका लागि केआईईसीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ । केआईईसीको मुख्य कार्यालयसहित देशभर रहेका शाखाहर...
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा !
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा पुगेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीद...



