स्टाफ कलेजको कडा परीक्षा: ८९ डीएसपीमध्ये १६ मात्रै पास, एसएसपी बढुवाको ढोका साँघुरो
काठमाडौँ । नेपाल प्रहरीमा उपल्लो तहमा बढुवाका लागि अनिवार्य बनाइएको मास्टर्स अफ पुलिस साइन्स (एमपीएस) अन्तर्गतको स्टाफ कलेज प्रवेश परीक्षामा १६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) मात्र छनोट भएका छन्। यो एमपीएसका लागि छनोट भएको डीएसपीको दोस्रो टोली हो । गत वर्षदेखि प्रहरीका उपल्ला तहमा बढुवा हुने अधिकारीका लागि एमपीएस कोर्स लागू गरिएको हो। २०७० सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा भर्ना भई हाल डीएसपी बनेकाहरूले यस वर्ष स्टाफ कलेजको प्रवेश परीक्षा दिएका थिए। कुल ८९ जना डीएसपी सहभागी भएको परीक्षामा १६ जना मात्रै उत्तीर्ण भएका हुन्।
उत्तीर्ण भएकामध्ये डीएसपी विकास बम पहिलो, हरिप्रसाद पौडेल दोस्रो र प्रवीण कार्की तेस्रो स्थानमा रहेका छन्। उत्तीर्ण डीएसपीहरूले सन् २०२६ का लागि स्टाफ कलेज अध्ययन गर्नेछन्। यो कोर्स पास नगर्ने प्रहरी अधिकारी एसएसपीभन्दा माथिको बढुवाका लागि अयोग्य हुने व्यवस्था गरिएको छ। त्रिभुवन विश्वविद्यालयले मंसिर २२, २३ र २४ गते एमपीएसका लागि प्रवेश परीक्षा सञ्चालन गरेको थियो। परीक्षाफल आइतबार सार्वजनिक गरिएको हो।
यता, केही डीएसपीहरूले प्रहरीमा स्टाफ कलेज कोर्स लागू गर्नु अनुचित भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। उक्त मुद्दा हाल विचाराधीन अवस्थामा रहेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
त्रिशूली नदीमा दुई मजदुर बेपत्ता, खोजी गर्दै सशस्त्रको गोताखोर
काठमाडौं । सुपर त्रिशूली हाइड्रोपावरमा काम गर्ने दुई जना कामदार त्रिशूली नदीमा बेपत्ता भएका छन् । शनिबार दिउँसो चितवनको इच्छाकामना–४ स्थित कुरिनघाटको झोलुङ्गे पुल नजिकै त्रिशूली नदीमा नुहाउने क्रममा उनीहरु बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा बर्दिय...
पश्चिमी वायुको प्रभाव कायमै : कस्तो रहला सोमबार देशभरको मौसम
काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकाअनुसार देशका पहाडी भूभागमा आशिंक बदली रहनेछ । यसैगरी...
आज विश्व बाल दिवस, अफ्रिका औद्योगिकीकरण दिवस पनि आजै
काठमाडौँ । बालबालिकाका आवाज सुन्ने तथा उनीहरूका अधिकार प्रवद्र्धनमा सामाजिक संघसंस्था, विद्यालय र समुदायले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै विश्वका विभिन्न देशमा आज विश्व बाल दिवस मनाइँदै छ । संयुक्त राष्ट्...
न्याय परिषदले गर्यो उच्च अदालतका ५० न्यायाधीशको सरुवा
काठमाण्डौँ । उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीशहरूको सरूवा भएको छ। बिहीबार बसेको न्याय परिषदको बैठकले न्यायाधीशहरूको सरूवा गर्ने निर्णय गरेको हो ।
प्रकाशन भएको सूची अनुसार उच्च अदालतका ५० जना र जिल्ला अदालतका १५७ जनाको सरूवा भएको हो। त...
पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै
काठमाडौँ । महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई आज दान दक्षिणासहित बिदाइ गरिने भएको छ। महाशिवरात्रिका लागि फागुन कृष्ण एकादशीका दिन पशुपतिमा आएका साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले फ...
आज कोजाग्रत पूर्णिमा : दसैं बिदाइ, लक्ष्मीको स्वागत
काठमाडौँ । आज कोजाग्रत पूर्णिमा, बडादसैं बिदा गरी लक्ष्मीको स्वागत गरेर मनाइँदै छ । कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभरि जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिन्छ । आजको दिनदेखि नै १५ दिन लामो दुर्गा पक्ष अर्थात् नेपालीहरूको महान्...



